काठमाडौं । नवनियुक्त प्रधान सेनापति महारथी अशोकराज सिग्देलले दर्ज्यानी चिह्न लगाएका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच सिग्देललाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। सिग्देलले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरेका छन्। राष्ट्रपति ...