ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न, राष्ट्रपतिबाट लिए पद तथा गोपनीयताको शपथ


मनिषा लामिछाने
२४ भदौ २०८१, सोमबार   ११ : ५६   बजे

काठमाडौं । नवनियुक्त प्रधान सेनापति महारथी अशोकराज सिग्देलले दर्ज्यानी चिह्न लगाएका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच सिग्देललाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

सिग्देलले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरेका छन्। राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नवनियुक्त प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलज्यूलाई राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (१) बमोजिम नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गर्नु  भयो । साथै सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलज्यूले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।’

यस अगाडि सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले भदौ १२ गते रथी सिग्देललाई आजबाट लागू हुनेगरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेका थिए। योसँगै सिग्देल नेपाली सेनाको ४५ औं प्रधान सेनापति बनेका ‍हुन्। प्रधानसेनापति प्रभुराम शर्माले अवकाशमा जानुअघि साउन २४ गतेदेखि  कार्यभार बुझबुझारथ गरेर बिदा बसेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu