ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री बालेन अस्ताम पुग्दा स्थानीयमा उत्साह, खानेपानी र सडक सुधारको माग


ABC NEWS
६ भदौ २०८३, शनिबार   ११ : ५५   बजे

काठमाडौं । पोखराको व्यस्तताबाट केही पर रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्ताम गाउँ शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अप्रत्याशित आगमनले चर्चामा आयो। प्रधानमन्त्री परिवारसहित अस्तामस्थित अन्नपूर्ण इको भिलेज पुगेपछि स्थानीयवासीमा उत्साहसँगै आफ्ना वर्षौंदेखिका समस्या सरकारसमक्ष राख्ने अपेक्षा जागेको थियो।

शुक्रबार बिहानैदेखि गाउँ जाने सडकमा सुरक्षाकर्मीको चहलपहल बढेपछि स्थानीयले प्रधानमन्त्री आउन लागेको थाहा पाएका थिए। प्रधानमन्त्रीलाई प्रत्यक्ष देख्न र आफ्ना समस्या सुनाउन स्थानीय सडकछेउमा जम्मा भएका थिए।

अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा प्रधानमन्त्री बस्ने जानकारी पाएपछि स्थानीयले गाउँको विकासमा सरकारको ध्यान जाने अपेक्षा गरेका थिए।

स्थानीय ज्ञानु अधिकारीले प्रधानमन्त्रीको आगमनले नयाँ आशा जगाएको बताइन्। उनले विगतमा विभिन्न दललाई मतदान गरे पनि अपेक्षाअनुसार विकास हुन नसकेको भन्दै नयाँ नेतृत्वबाट जनताले धेरै अपेक्षा गरेको बताइन्।

अस्तामका स्थानीयको प्रमुख समस्या खानेपानी र सडक रहेको छ। अधिकांश बासिन्दा कृषिमा निर्भर रहे पनि सिँचाइको पर्याप्त सुविधा नहुँदा उत्पादन प्रभावित हुने गरेको स्थानीय बताउँछन्।

विश्वविद्यालयका प्राध्यापक नन्दलाल अधिकारीले व्यवस्थित खानेपानी र सिँचाइको व्यवस्था गर्न सके स्थानीय कृषकले उत्पादन बढाएर पोखरा बजारमा बिक्री गर्न सक्ने बताए।

पोखराबाट नजिकै रहे पनि अस्ताम पुग्ने मुख्य सडकको अवस्था कमजोर छ। स्थानीय रामप्रसाद अधिकारीले सडक र खानेपानीको समस्या तत्काल समाधान गर्नुपर्ने बताए।

‘हाम्रो मुख्य अपेक्षा बाटो नै हो। बर्खामा त पानीको व्यवस्था हुन्छ, तर हिउँदमा काकाकुल हुनुपर्छ,’ उनले भने, ‘अप्ठ्यारो बाटोका कारण बिरामी पर्दा अस्पताल पुर्‍याउनसमेत गाह्रो हुन्छ।’

अर्का स्थानीय शोभाखर अधिकारीले प्रधानमन्त्रीको आगमनलाई गाउँका लागि अवसरका रूपमा लिँदै सडक कालोपत्र र खानेपानीको व्यवस्था गरिदिन आग्रह गरे।

‘अहिलेसम्म यहाँ कुनै प्रधानमन्त्री आउनुभएको थिएन। अहिले बालेनज्यू आउनुभएको छ। उहाँले हाम्रो अप्ठ्यारो बाटो कालोपत्र गरिदिए र पानीको धारा जोडिदिए गाउँलेका लागि ठूलो कल्याण हुने थियो,’ उनले भने।

पर्यटकीय सम्भावनाले भरिएको अस्ताममा माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र धौलागिरि हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ। स्थानीयका अनुसार शीतल हावापानी, प्राकृतिक गुफा तथा ओडार र मनोरम भूगोलका कारण अस्ताम योग, ध्यान तथा प्रकृति पर्यटनका लागि आकर्षक गन्तव्य बन्न सक्छ।

स्थानीयले प्राकृतिक सम्पदाको संरक्षणसँगै उच्च पर्वतीय खेलकुदका पूर्वाधार निर्माण गर्न सके गाउँको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने बताएका छन्।

प्रधानमन्त्रीको भ्रमणका क्रममा स्थानीयले विकासका विषयसँगै सुशासन, शान्ति सुरक्षा र न्याय प्रणालीप्रति पनि अपेक्षा व्यक्त गरेका छन्। स्थानीय ज्ञानु अधिकारीले महिला तथा बालिकामाथि हुने हिंसा र जघन्य अपराध नियन्त्रणका लागि कडा कानुन कार्यान्वयन गर्नुपर्ने बताइन्।

प्रधानमन्त्रीको छोटो भ्रमण भए पनि त्यसले अस्तामका स्थानीयमा आफ्नो गाउँका समस्या सरकारको उच्च तहसम्म पुग्ने आशा जगाएको छ। स्थानीयवासीले अब भ्रमणलाई विकास निर्माणका ठोस कामसँग जोडेर हेरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Prince Harry, Elton John Face $13 Million Bill After Privacy Case Loss

मुक्तिनाथदेखि कोरला नाकासम्म : बालेन पुगेको मुस्ताङ किन यति संवेदनशील छ?

व्यवसायीको चिन्ता : ‘बजारमा माग छैन, लगानीकर्ता त्रसित छन्’

Keiko Fujimori Wins Peruvian Presidency Amid Family Controversy

Puerto Rico’s Independence Movement Gains Momentum Among Young Voters

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu