तनहुँ, २७ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ डम्पीमा सडक भासिँदा मानवीय क्षति भएको आशंका गरिएको छ ।घटनास्थलमा रहेका तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीका अनुसार सडकबाट मर्स्याङ्दी नदीको खोँचमा कार खसेको देखिएको हो ।कार देखिएपछि गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको उनले जानकारी दिनुयभो। ...