काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटनाबाट जोगिएको छ । रामेछापको गोगनेमा उपसभापति चढेको बा. १९ च १८३९ नम्बरको स्कार्पियो सडक किनारबाट तल खसेको छ । अगाडि ढुंगाको ओटको कारण दुर्घटनाबाट जोगिएको हो । उपसभापति गुरुङले ठूलो दुर्घटनाबाट जोगिएको जानकारी दिएका छन् ...