काठमाडौं, ५ साउन ।काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि भएको छ । थपिएकासँगै एक महिनामा हैजा पुष्टि हुनेको सङ्ख्या ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।उनीहरुको उपचार भइरहेको छ । हैजा सङ्क्रमण भएकामध्ये २० जना पुरुष र १४ जना महिला रहेका छन् । ...