काठमाडौँ, २४ वैशाख । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्ने बताएका छन् । काठमाडौँस्थित संवाद डबलीले आयोजना गरेको कार्यक्रममा उनले भने, “नक्कली शरणार्थी बनाउने जस्तो गम्भीर अपराधमा संलग्न कसैलाई पनि सरकारले छाड्नुहुँदैन, यो गम्भीर अपराध हो, ...