भजनी, १ फागुन । पाल्पाकी विपना खनाल कैलालीको टीकापुरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषि विज्ञान विषयको अध्ययनरत छिन् । उनी अध्ययन सँगसँगै आफ्नो पढाइ खर्चको केही रकम आफैँ व्यवस्थापन गर्दै आएकी छन् । कलेजमा अध्ययन गर्ने केही साथीहरूको समूह बनाएर च्याउ खेती गर्दै आएकी ...