पोखरा, ९ फागुन । स्याङ्जाका सुशील पंगेनी व्यवसाय प्रशासनमा स्नातकोत्तर हुन् । पोखरा विश्वविद्यालयबाट उपाधि हासिल गरेका उनी सोमबार आयोजित अठारौँ दीक्षान्त समारोहमा उक्त विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट दीक्षित भए । पंगेनीले व्यवस्थापन संकायतर्फ सर्वोत्कृष्ट अंक प्राप्त गरी ‘कुलपति पदक’समेत प्राप्त गर्नुभयो ...