काठमाडौँ, ३१ जेठ । स्टार खेलाडी नेयमारको उत्कृष्ट प्रदर्शनमा आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा शानदार सुरुवात गरेको छ । आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३–० गोलले पराजित गर्दै ब्राजिलले विजयी सुरुवात गरेको हो ।स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन मार्क्विन्होस, नेयमार र गार्बियल ...