काठमाडौं, १३ असोज । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबारदेखि उहाँहरूबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइरहे पनि कुरा मिल्न सकेको छैन। आज पनि सोही विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ...