काठमाडौँ, १४ चैत । प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने प्रस्तावसहितको विधेयकप्रति सर्वोच्च अदालतका न्यायाधीशहरू गम्भीर बनेका छन् । संविधानको प्रावधानविपरीत प्रधानन्यायाधीशको मर्यादाक्रम प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षभन्दा कम गर्ने तयारी गरिएपछि न्यायाधीशहरु गम्भीर र तरंगित बनेका हुन् । मर्यादाक्रम घटाउने गरी आएको सो विधेयकको विषयलाई लिएर ...