काठमाडौं, १५ असोज । सरकारले शंकरदास वैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्य सचिव नियुक्त गरेको हो । आजै बसेको मन्त्रिपरिषद् बैठकले यसअघि मुख्य सचिव रहेका रेग्मीलाई सरकारले बेलायतको राजदूत सिफारिस गरेको छ । ...