काठमाडौँ, २५ फागुन । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । मुलुकमा गणतन्त्र स्थापनापछि चौथो कार्यकालका लागि बिहीबार तेस्रो राष्ट्रपति चयन हुन लागेको हो । नयाँ बानेश्वरस्थित संसद्भवनको लोत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको ...