काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटनको सिफारिस गरेपछि त्यसको सर्वत्र निन्दा भएको छ। संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नुभएको भन्दै सर्वत्र आलोचना भएको हो । संविधानविद्हरूले समेत प्रधानमन्त्री ओलीको उक्त कदम संविधानविपरीत भएको टिप्पणी गरेका छन्। ...