काठमाडौँ, १८ माघ । “हावा मात्र चल्छ, हिउँ पर्दैन,” मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भने, “पोहोरपरार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।” मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन । गाउँबस्ती सुक्खा छन् । डाँडाकाँडा फुस्रा र नाङ्गा । हिमपात नहुँदा किसानलाई ...