ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कास्कीमा कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकास प्राथमकितामा


admin
२० कार्तिक २०७४, सोमबार   ९ : १९   बजे

पोखरा, २० कात्तिक । नेपाली काँग्रेस कास्कीले जिल्लालाई समृद्धि र विकासको मार्गमा लैजान कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फबाट जिल्लामा बनेका उम्मेदवारको उपस्थितिमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जिल्लाको घोषणापत्र सार्वजनिक गर्दै काँग्रेसले कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासका माध्यमबाट जिल्लालाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेको हो ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका कार्यवाहक सभापति सुदीपमोहन भट्टराईले कस्केली जनताको आय वृद्धि गर्दै प्रत्येक परिवारको जीवनस्तर उठाउने पार्टीको एक मात्र लक्ष्य भएको बताउँदै त्यसका लागि लगानीको विस्तार गर्दै सबैलाई रोजगारको अवसर उपलब्ध गराउने बताउनुभयो ।

तालहरूको संरक्षण, सडक सञ्जालको विकास तथा विस्तार, आवश्यक पुलको निर्माणलाई अघि बढाउने काँग्रेसले जनाएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा कास्की क्षेत्र नं १ का उम्मेदवार एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले काँग्रेसको विजयबाट मात्रै संविधानको कार्यान्वयन र लोकतन्त्रको विकास हुने जिकिर गर्नुभयो ।

वाम गठबन्धनका नाममा देशलाई एक दलीय कम्युनिष्ट अधिनायकवादतर्फ लान खोजिएको बताउँदै उहाँले यसतर्फ प्रत्येक नेपाली सचेत बन्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा कास्की क्षेत्र नं २ का उम्मेदवार देवराज चालिसेले विकासका लागि स्थानीय आवश्यकताअनुसार समयसापेक्ष सोच र नवीनतम् प्रविधिको प्रयोग गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा कास्की क्षेत्र नं ३ का उम्मेदवार शुक्रराज शर्माले पर्यटनको अत्यधिक सम्भावना बोकेको पोखराबाट लुम्बिनीका साथै उत्तरमा कैलाश मानसरोवरलाई जोड्नुका साथै आर्थिक विकास र समृद्धिलाई दृष्टिगत गरी महत्वपूर्ण योजनालाई काँग्रेसले अघि बढाउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभातर्फका उम्मेदवार कास्की १ (क) का जीवन परियार, १ (ख) का कृष्ण केसी, २ (क) का गुरुप्रसाद बराल, २ (ख) का विन्दुकुमार थापा, ३ (क) का शारदा पौडेल र ३ (ख) का सिकन्दरकुमार गुरुङले जिल्लाभित्रका सम्भावनालाई उजागर गर्दै कास्कीलाई समृद्ध जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group