ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धुलो र धुवाँ हटाउनेलाई मत


admin
२४ कार्तिक २०७४, शुक्रबार   १२ : २०   बजे

काठमाण्डौं, २४ कात्तिक। ‘कतिन्जेल खाने धुलो र धुवाँ !’ ‘दलका नेता हो यो सडकमा कति राजनीति गर्छौ?’

सेतो फ्लेक्समा कालो अक्षरमा लेखिएका यी चोटिला ब्यानर कलंकी–नागढुङ्गा सडकका ठाउँ ठाउँमा झुन्डिरहेका छन् । स्थानीय पीडितका नाममा झुन्ड्याइएका ब्यानर मुनिबाट अहिले दैनिक हजारौँ यातायातका साधन ओहोर दोहोर गर्दछन् ।

करिब सात किलोमिटर पनि नभएको सो दूरी पार गर्न घण्टौँ खर्चिनुपर्छ । लामो जामको कष्टता व्यहोर्नु नपरेको दैनिकी रहन्न सो सडकमा । राजधानी प्रवेश गर्ने प्रमुख सो नाकाको सडक पानी पर्दा हिलाम्मे र घामलाग्दा अगाडिको गाडी समेत देख्न नसक्ने गरी धुलाम्मे हुने अवस्थामा पुग्दछ ।

सो सडकखण्डको अधिकांश खण्ड काठमाडौँ निर्वाचन क्षेत्र नं १० अन्तर्गत पर्दछ । त्यही सडकको दूरावस्था स्थानीय निकायको निर्वाचनमा स्थानीय उम्मेदवारका लागि चुनावी दाउपेच बनेको थियो । अहिले पनि सडकको विषय नै सो क्षेत्रका लागि चुनावी मुद्दा बन्ने भएको छ । चन्द्रगिरि नगरपालिका–१० का ७४ वर्षीय राजेश नकर्मी धुलो र धुवाँ हटाउने उम्मेदवारलाई आफ्नो मत दिने बताउनुहुन्छ । स्थानीय समाजसेवीसमेत रहनुभएका नकर्मी भन्नुहुन्छ, “सडक विस्तार र सुधारको विषयमा हिँड्दा हिँड्दै जुत्ता नै फाटिसक्यो, कति नेताका ढोका ढोका चाहारौँ कुरा गरी साध्ये छैन । दश वर्ष भो खै कहिले बन्ला ?”

सडक विस्तारको विषयमा अदालतमा परेका धेरै मुद्दाको छिनोफानो भएको छैन । क्षेत्र नं १० अन्तर्गत कीर्तिपुर, दक्षिणकाली नगरपालिकासहित र चन्द्रागिरि नगरपालिकाका वडा नं २ देखि ११ वडा पर्दछन् । विस २०६४ र २०७० का संविधानसभा निर्वाचनमा जस्तै यस पटकको निर्वाचनमा पनि सो क्षेत्र चर्चाको उत्कर्षमा पुगेको छ । कुन दलका कुन उम्मेदवारले मतदाताका मन जिती निर्वाचनलाई आफ्नो पक्षमा ल्याउँछन् भन्ने विश्लेषण चिया पसलदेखि सार्वजानिक स्थानमा आ–आफ्नै रुपमा चल्न थालेको छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अत्यधिक मतले पराजित गरेपछि नेपाली काँग्रेसका युवानेता राजेन्द्रकुमार (राजन) केसी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा सर्वाधिक चर्चाको शिखरमा पुग्नुभएको थियो । तर पहिलो संविधानसभाको निर्वाचनमा युवानेता केसी अध्यक्ष प्रचण्डद्वारा नै पराजय हुनु परेको थियो । निर्वाचन आउन २७ दिन बाँकी रहँदा सो क्षेत्रका कूल ७१ हजार २०१ मतदाता अहिले पर्ख र हेरको अवस्थामा रहेका छन् ।

नेपाली काँग्रेसले तेस्रोपटक युवा खेलकुदमन्त्रीसमेत रहनुभएका केसीलाई नै तेह¥याएको छ । वाममोर्चाले हितमान शाक्यलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।

प्रमुख रुपमा ती दुई पार्टीका दुई उम्मेदवारमध्ये एकले नै निर्वाचनलाई बाजी मार्नेछन् । खासगरी दक्षिणकाली र चन्द्रागिरि नगरपालिका काठ नगरपालिका रुपमा परिचित छन् । नयाँ ती दुई नगरपालिका नाम मात्रका नगरपालिका हुन् । पूर्वाधार सडक, खानेपानी जस्ता विकासका दृष्टिकोणले बत्तीमुनिका अँध्यारोका रुपमा रहेका छन् । उच्च राजनीतिक चेत र परिवर्तनको संवाहकका रुपमा कीर्तिपुरवासीलाई हेरिन्छ ।

ती दुवै उम्मेदवार आन्तरिक निर्वाचन परिचालन समिति गठन गर्दै चुनावी रणनीतिका साथ जनताको घरदैलो शुरु गरिसक्नुभएको छ । मन्त्री केसी आफूले जनताको सुखदुःखमा सधैँ साथ र सहयोग दिएकाले निर्वाचनमा जनताले मत दिई आफ््नो विजय हुने दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो निर्वाचन लोकतन्त्र चाहने कि साम्यवाद ल्याउने बीचको प्रतिस्पर्धा हो, जनताले लोकतन्त्र र नेकालाई चाहन्छन् ।”

वाममोर्चाका उम्मेदवार शाक्य काठमाडौँका क्षेत्र दशका जनता परिवर्तनका संवाहक भएकाले परिवर्तनका पक्षमा आफूलाई मत दिने विश्वास व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ “नेकपा (माओवादी) र नेकपा (एमाले) पार्टी मिल्दा लोकतन्त्र खतरामा हुँदैन, झन् बलियो हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा उठेका सांसदका प्रश्नको जवाफ दिन सरकारले सुरु गर्‍यो विशेष संयन्त्र

फ्लूका कारण पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह अस्पताल भर्ना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

River Erosion Threatens Crucial Myagdi Bridge

Writer Argues Against Reliance on AI, Citing Impact on Thought

Silent Discrimination in Workplaces: The Practice of ‘Backgrounding’ Subordinates

Nepal’s Iron Ore Mining Projects Stall, Fueling Import Dependence

Nepali Artists Mark Film’s Cannes Success With Open-Air Painting Event

Iowa’s Economic Woes and Environmental Concerns Threaten Midterm Elections

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu