ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कनेक्टिभिटी’का लागि त्रिदेशीय साझेदारीको खाँचो छ”– अध्यक्ष ‘प्रचण्ड’


admin
२७ माघ २०७६, सोमबार   ७ : ५१   बजे

काठमाडौं, २७  माघ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकासका लागि नेपाल, चीन र भारतबीचको त्रिदेशीय साझेदारी रणनीतिमा जानुपर्ने बताउनुभएको छ ।

आज विदुर नपा–७ तुप्चेमा आयोजित पोष्टबहादुर बोगटीको सालिक अनावरण तथा चण्डेश्वरी माविको ६१औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले उक्त भनाइ राख्नुभएको हो । “रेलमार्ग, हवाइमार्ग वा सडक मार्ग जे बनाए पनि नेपालको आर्थिक ‘कनेक्टिभिटी’का लागि त्रिदेशीय साझेदारीको खाँचो छ”, अध्यक्ष दाहालले भन्नुभयो, “केरुङ नाका यता रहेकाले त्रिदेशीय कनेक्टभिटीबाट नुवाकोटले बढी लाभ लिन सक्छ ।”उहाँले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा लुम्बिनी–ल्हासा रेलमार्गको कुरा चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओसँग कुरा राखेको बताउँदै भन्नुभयो, “अहिले रेलमार्गको कुरा धेरै अघि बढिसकेको छ । रेलसँगै केरुङ–ठोरी राजमार्गका विषयमा कुरा अघि बढिरहेको छ ।”

अध्यक्ष दाहालले नुवाकोटमा विकास पूर्वाधारको काम धेरै अघि बढिरहेको र आगामी दिनमा त्यसले अझै गति लिने विश्वास व्यक्त गर्नुभयो । चण्डेश्वर माविको परिसरमा विद्यालयले निर्माण गरेको आफ्ना सहकर्मी नेता पोष्टबहादुर बोगटीको सालिक अनावरणमा निकै भावुक देखिनुभएका अध्यक्ष दाहालले बोगटीको अभाव पार्टीलाई खड्किरहेको र त्योभन्दा बढी आफूलाई अभाव खड्किएको बताउनुभयो । “पार्टीको उच्च नैतिकवान् नेताको परिचय बनाउनुभएको थियो बोगटीले । उहाँको अभाव पार्टीमा खड्किरहेको छ । पार्टीलाई भन्दा बढी मलाई अभाव खड्किएको छ । उहाँको अभावमा आफूले चाहेजस्तो कतिपय काम गर्न सकेको छैन”, उहाँले भन्नुभयो, “अन्य कमरेड पनि नहुनु भएको होइन, तर उहाँमा बेग्लै क्षमता थियो । जहाँ पार्टीमा समस्या, विवाद र अप्ठ्यारो परिस्थिति आउँछ, त्यहाँ बोगटी भन्ने परिपार्टी बसेको थियो । जस्तो विवाद पनि समाधान गर्नुहुन्थ्यो ।”अध्यक्ष दाहालले विसं २०३६ बाट बोगटीले आफूलाई निरन्तर साथ दिएको बताउनुभयो । “मेरो एकातिर डाक्टर र अर्कोतिर वैद्य त हुनुहुन्थ्यो । तर जस्तोसुकै कुरा भए पनि बोगटीले दुवैको दाँतबाट पसिना निकाल्नेगरी कुरा राख्नुहुन्थ्यो । जस्तोसुकै कुरा भए पनि बोगटीले पार लगाउनुहुन्थ्यो ।”

कार्यक्रममा ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनापिच्छे प्रसारण लाइन निर्माण गर्दा देशका धेरै स्थानमा तार माकुराको जालो जस्तो भएकाले अबदेखि एउटा क्षेत्रमा उत्पादित बिजुलीलाई एउटै प्रसारण लाइनबाट लैजाने रणनीति अवलम्बन गरिरहेको बताउनुभयो । उहाँले चालू आर्थिक वर्षमा एक हजार मेगाबाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिने, पाँच वर्षमा पाँच हजार र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन हुने बताउनुभयो । मन्त्री पुनले चण्डेश्वरी माविलाई नेपाल विद्युत् प्राधिकरणको नाममा रहेको १२५ रोपनी जग्गा हस्तान्तरण गर्न प्रक्रिया शुरु भएको र त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सांसदद्वय नारायणप्रसाद खतिवडा र बहादुरसिंह लामा, नेकपा जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडालगायतले मन्तव्य राख्नुभएको थियो । विसं २०१० मा तुप्चेमा जन्मिएका बोगटीको २०७१ मा निधन भएको थियो । आफ्नो खेतबारी चण्डेश्वरी विद्यालयलाई हस्तान्तरण गरी पूर्णकालीन राजनीतिमा होमिएका बोगटी तत्कालीन नेकपा माओवादीको महासचिवसम्म बन्नुभएको थियो भने ऊर्जा र पर्यटनमन्त्री भएर पनि काम गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group