ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी


एबीसी न्यूज
१० असार २०८३, बुधबार   ९ : ०९   बजे

काठमाडौँ । प्रभु बैंकको अर्बौँ रुपैयाँ बराबरको ऋण अपचलन प्रकरणमा अदालतले ठूलो कदम चालेको छ। बैंकिङ कसूरको यस गम्भीर मुद्दामा पक्राउ परेका प्रतिवादी ओम प्रसाद पाण्डेलाई उच्च अदालत पाटनले पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लामो र सघन अनुसन्धान गरेपश्चात् विशेष सरकारी वकिलको कार्यालयमार्फत सोमबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दामाथि सुनुवाइ गर्दै संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय टंकप्रसाद गुरूङ र कविप्रसाद न्यौपानेको इजलासले पाण्डेलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

रु. ७२ करोडभन्दा बढीको बिगो दाबी

बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत दर्ता गरिएको यस मुद्दामा रु. ७२ करोड ७७ लाख ६ हजार ९०० र ६ पैसा बिगो कायम गरिएको छ। बैंकको ऋण अपचलन गरी वित्तीय प्रणालीमा ठूलो क्षति पुर्‍याएको अभियोगमा सीआईबीले बलियो प्रमाणसहित मुद्दा अघि बढाएको हो।

हाइप्रोफाइल बैंकरसहित ११ जना फरार, पक्राउ पुर्जी जारी

यस प्रकरणमा प्रभु बैंकका तत्कालीन उच्च अधिकारी र व्यवसायीसहित १२ जनालाई प्रतिवादी बनाइएको छ। अदालतमा उपस्थित गराइएका ओम प्रसाद पाण्डेबाहेक अन्य ११ जना प्रतिवादीहरू हाल फरार रहेका छन्। अदालतले फरार रहेका सबै अभियुक्तहरूलाई तत्काल पक्राउ गरी कारागार पठाउन पक्राउ पुर्जी समेत जारी गरेको छ।

प्रतिवादीहरूको सूची:

  • ओम प्रसाद पाण्डे (पूर्पक्षका लागि जेल चलान)
  • अशोक शेरचन (फरार)
  • मनिराम पोखरेल (फरार)
  • ऋवश श्रेष्ठ (फरार)
  • रश्मी पन्त (फरार)
  • देव ढुङ्गाना (फरार)
  • हरिमान लामा (फरार)
  • धन बहादुर शेरचन (फरार)
  • महावीर तामाङ (फरार)
  • देवान राई (फरार)
  • सुरेश कुमार तिवारी (फरार)
  • हरिकृष्ण भट्टचन (फरार)

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीको कमान्डमा रहेको सीआईबीले पछिल्लो समय ठूला र जटिल आर्थिक अपराधका मुद्दाहरूमा एकपछि अर्को सफलता हात पारिरहेको छ। यसअघि बहुचर्चित बिचौलिया दीपक भट्ट जोडिएको मुद्दामा पनि सीआईबीले सफलतापूर्वक अनुसन्धान टुङ्ग्याएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण: हानेपाका बज्राचार्य भौतिक पूर्वाधारमन्त्री नियुक्त

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu