ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भदौ २५–२७ मा एमाले केन्द्रीय कमिटी बैठक बोलाउने ओलीको निर्देशन


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ७ : ५५   बजे

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गर्न महासचिव शंकर पोखरेललाई निर्देशन दिएका छन्।

अध्यक्ष ओलीले भदौ २५, २६ र २७ गते केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने गरी आवश्यक तयारी गर्न सोमबार गुण्डुबाट फोनमार्फत महासचिव पोखरेललाई निर्देशन दिएको स्रोतले जनाएको छ।

अध्यक्षको निर्देशनपछि महासचिव पोखरेलले केन्द्रीय कमिटी बैठकअघि पार्टीभित्र आवश्यक आन्तरिक छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन्। उनले पार्टी पुनर्गठनका लागि गठन गरिएको कार्यदलको बैठक तथा त्यसपछि सचिवालय बैठक बसाएर आवश्यक निष्कर्ष निकाल्नुपर्ने धारणा अध्यक्ष ओलीसमक्ष राखेको बताइएको छ।

कार्यदल र सचिवालय बैठकको प्रस्ताव

महासचिव पोखरेलले पार्टीको आगामी रणनीति, संगठनात्मक पुनर्गठन तथा अन्य समसामयिक विषयमा प्रारम्भिक छलफल गर्न पहिले कार्यदलको बैठक बस्नुपर्ने बताएका छन्। कार्यदलबाट आएका सुझाव र निष्कर्षलाई सचिवालय बैठकमा छलफल गरी त्यसपछि केन्द्रीय कमिटीमा लैजान उपयुक्त हुने उनको प्रस्ताव रहेको स्रोतको भनाइ छ।

यसअनुसार कार्यदल र सचिवालय बैठकको कार्यसूची तथा समय तय भएपछि केन्द्रीय कमिटी बैठकको औपचारिक तयारी अघि बढ्नेछ। आगामी केन्द्रीय कमिटी बैठकमा पार्टी पुनर्गठन, संगठनात्मक अवस्था र आगामी राजनीतिक रणनीतिसहितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

विश्वविद्यालय ऐन संशोधनका लागि शिक्षा मन्त्रालयले उपकुलपति र विज्ञसँग सुझाव लियो

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

भारतले चार वर्षपछि गहुँ निर्यातको प्रतिबन्ध हटायो, किसानको आम्दानी बढ्ने अपेक्षा

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu