ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको एभर्टनसँग प्रतिस्पर्धा


shreedhar Gautam
७ असार २०७७, आइतबार   १२ : ५३   बजे

काठमाडौं,  ७ असार । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज (आइतबार) उपाधि नजिक रहेको लिभरपुलले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ ।

लिभरपुल र एभर्टनबीचको मर्सीसाइड डर्बी भिडन्त गुडिसन पार्कमा हुनेछ । डर्बी भिडन्त नेपाली समय अनुसार राति ११ः४५ मा सुरु हुनेछ ।

कोरोना भाईरसले स्थगित लिग सुचारु पछि लिभरपुल र एभर्टनले पहिलो खेल खेल्न लागेको हो ।

लिभरपुलका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । एभर्टनको मैदानमा जित निकालेमा लिभरपुल उपाधि नजिक पुग्नेछ ।

लिग लिडर लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २२ अंकले अघि रहेको छ । र, उपाधिका लागि लिभरपुललाई दुई जितको आवश्यकता रहेको छ ।

लिभरपुलले २९ खेलमा ८२ अंक जोडेको छ । सिटीको ६० अंक रहेको छ ।

यस्तोमा लिभरपुल एभर्टनलाई हराउँदै उपाधिको एक कदम नजिक पुग्न चाहन्छ । लिभरपुल ३० वर्षपछि लिग उपाधिको संघारमा रहेको हो ।

तर, बलियो टिम एभर्टनलाई उसैको मैदानमा हराउँन लिभरपुलका लागि चुनौतिपूर्ण हुनेछ ।

एभर्टन पनि घरेलु मैदानमा जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । ३७ अंक जोडेको लिभरपुल १२ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै आइतबार चेल्सीले एस्टन भिल्लाको सामना गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार ९ बजे सुरु हुनेछ ।

एस्टनको मैदानमा जित निकाल्दै चेल्सी शीर्ष तीन टोलीसँगको अंक दुरी घटाउने योजनामा हुनेछ ।

चौंथो स्थानको चेल्सीको ४८ अंक रहेको छ ।

यस्तै अर्को खेलमा न्युकासल युनाइटेडले सेफिल्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group