ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा


एबीसी न्यूज
८ असार २०८३, सोमबार   ९ : २३   बजे

काठमाडौं, ८ जेठ । न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । सोमबार बिहान भएको खेलमा न्यूजिल्यान्डलाई ३–१ ले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो ।यो इजिप्टको पहिलो जित हो । यसअघि पहिलो खेलमा बेल्जियमसँग बराबरीमा रोकिएको थियो ।इजिप्टको जितमा मोहम्मद सलाह, मोस्तफा जिको र ट्रेजेग्वेटले एकएक गोल गरे । खेलमा पहिलो अग्रता न्यूजिल्यान्डले लिएको थियो ।खेलको १५औं मिनेटमा फिन सम्र्यानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, न्यूजिल्यान्डले अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । खेलमा ५८औं मिनेटमा जिकोले गोल गर्दै इजिप्टलाई बराबरीमा फर्काए ।त्यसको ९ मिनेटपछि इजिप्टका कप्तान सलाहले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा ट्रेजेग्वेटले गोल गर्दै इजिप्टको अग्रताको दुरी बढाए । बल पोजिसनदेखि सर्टसम्ममा इजिप्ट हाबी बन्यो ।

जितसँगै इजिप्ट २ खेलबाट ४ अंक जोडेर समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । इजिप्टको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ । इरान र बेल्जियमको समान २ अंक छ । न्यूजिल्यान्डको एक अंक छ ।विश्वकप इतिहासमा इजिप्टको यो पहिलो जित हो । पहिलोपटक सन् १९३४ मा विश्वकप खेलेको इजिप्टले त्यसयता १९९० र २०१८ को विश्वकप खेलेको थियो । तर, कुनै पनि जित निकाल्न सकेको थिएन । यसपटक पहिलो खेलमा बराबरी खेलेको इजिप्टले दोस्रो खेलमा पुनरागमन जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रुकुम पश्चिममा माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

सम्बन्धित

एसियाडमा नेपालको नियमित सहभागिता, उत्कृष्ट नतिजा कहिल्यै आएन

वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा सन्तोषीलाई कांस्य, सोमबहादुरले बनाए राष्ट्रिय कीर्तिमान

हल सिटीको सनसनीपूर्ण जित, म्यानचेस्टर युनाइटेड २–० ले पराजित

बायर्न म्युनिखले जित्यो डीएफएल सुपरकप, डर्टमन्ड २–१ ले पराजित

इन्टर मिलानको विजयी सुरुवात, मोन्जामाथि ४–१ को शानदार जित

रियल मड्रिडको विजयी सुरुवात, इस्पानियोलमाथि २–१ को संघर्षपूर्ण जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu