ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुम पश्चिममा माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु


ABC NEWS
७ भदौ २०८३, आइतबार   १२ : १५   बजे

रुकुम पश्चिम । रुकुम पश्चिममा आइतबार बिहान भएको सवारी दुर्घटनामा आमा र उनकी दुई वर्षीया छोरीको मृत्यु भएको छ।

सानीभेरी गाउँपालिका–८, एकान्तस्थित मध्यपहाडी लोकमार्गमा भे.१ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्चाकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका रहेका छन्। उनीहरू रुकुम पश्चिमको सदरमुकाम मुसिकोटबाट गुल्मीतर्फ जाँदै थिए।

पिसाब फेर्न ओर्लिँदा दुर्घटना

प्रहरीका अनुसार स्वस्तिका र उनकी छोरी क.प्र.०२००१ ख १०७० नम्बरको गाडीमा सवार थिए। छोरीले पिसाब फेर्न बताएपछि आमाले गाडी रोकाएर उनीहरू सडकमा ओर्लिएका थिए।

सोही क्रममा तीव्र गतिमा आएको अर्को गाडीले उनीहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटना बिहान करिब ९ बजे भएको हो।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी सिम्लीबाट प्रहरी नायब निरीक्षक धर्मबहादुर खड्काको नेतृत्वमा चार जनाको टोली घटनास्थल पुगेको थियो।

उपचारका क्रममा मृत्यु

दुर्घटनामा गम्भीर घाइते आमाछोरीलाई तत्काल उपचारका लागि सल्ले अस्पताल लगिएको थियो। तर चिकित्सकले दुवैलाई मृत घोषणा गरेका छन्।

ठक्कर दिने गाडीका चालक सानीभेरी गाउँपालिका–३, चौखेका २२ वर्षीय अम्मर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीको धर्ना अन्त्य, ३२३ जना घर फर्किए

प्रधानमन्त्रीको अधिनायकवादी कार्यशैली रोक्न राष्ट्रपतिसँग संवाद गरिने : शंकर पोखरेल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीको धर्ना अन्त्य, ३२३ जना घर फर्किए

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

कांग्रेसको संकटमा शेखरको परीक्षा : विभाजनको रेखा मेटाउने कि नयाँ इतिहास लेख्ने ?

प्रधानमन्त्रीको अधिनायकवादी कार्यशैली रोक्न राष्ट्रपतिसँग संवाद गरिने : शंकर पोखरेल

एमाले लुम्बिनीमा ५२ हजार सदस्यले गरे सदस्यता नवीकरण : २८ हजार बाँकी

Sindhupalchowk District Grapples with Decades of Monsoon Disaster Impacts

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu