ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले लुम्बिनीमा ५२ हजार सदस्यले गरे सदस्यता नवीकरण : २८ हजार बाँकी


ABC NEWS
७ भदौ २०८३, आइतबार   १ : ०५   बजे

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशमा हालसम्म ५२ हजार पार्टी सदस्यले सदस्यता नवीकरण गरेका छन् । प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलका अनुसार प्रदेशका १२ जिल्लामा रहेका करिब ८० हजार सदस्यमध्ये ५२ हजारले सदस्यता नवीकरण गराएका हुन् ।

पार्टीले सदस्यता नवीकरणको समय पटकपटक थप गरे पनि इच्छुक सदस्यलाई आन्तरिक रूपमा निरन्तर नवीकरणको अवसर दिइरहेको छ । शनिबार बसेको प्रदेश कमिटी बैठकमा जिल्ला कमिटीका अध्यक्ष तथा इन्चार्जहरूले प्रस्तुत गरेको विवरणअनुसार ५२ हजार सदस्यले नवीकरण गरिसकेका छन् ।

बैठकले पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षासम्बन्धी प्रतिवेदन सचिवालय हुँदै केन्द्रीय कमिटीमा छलफलका लागि लैजान पार्टी केन्द्रलाई आग्रह गरेको छ । समसामयिक विषयमा छलफल गरी पार्टीलाई थप गतिशील बनाउन तत्काल सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाउन पनि माग गरिएको छ ।

अध्यक्ष कंडेलका अनुसार प्रदेश सभा दलको बैठक प्रत्येक महिना नियमित रूपमा बस्ने र छलफल गर्ने निर्णय भएको छ । जिल्ला तथा पालिका तहका जनप्रतिनिधिले पनि सम्बन्धित पार्टी कमिटीसँग नियमित समन्वय र छलफल गरेर अघि बढ्नुपर्ने निर्णय गरिएको छ ।

बैठकमा ‘मिसन पार्टी जागरण अभियान’को प्रारम्भिक समीक्षा गर्दै अभियानलाई वडा तहसम्म विस्तार गरी थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । विभिन्न जिल्लाका अध्यक्षहरूले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन सार्वजनिक गर्न, स्थानीय तहमा पार्टीको अवस्थाबारे अध्ययन गरी कार्ययोजना बनाउन तथा जनस्तरका समस्या सम्बोधन गर्दै अघि बढ्न आग्रह गरेका थिए ।

सरकारका कामबारे जानकारी

बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य तथा एमालेका तर्फबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले सरकारले गरेका प्रमुख काम र आगामी योजनाबारे जानकारी दिएका थिए ।

रोल्पाको थवाङ, सुनछहरी, लुग्रीलगायत प्रदेशका विभिन्न क्षेत्रमा विपद्का कारण ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउन, घाइतेको उपचार तथा प्रभावित क्षेत्रको अवस्था सुधारका लागि आवश्यक योजना बनाउन सरकारको ध्यानाकर्षण गराइएको थियो ।

केन्द्रीय सचिव विश्वकर्माको निर्देशन

एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पार्टीका निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

उनले अन्य प्रदेशको तुलनामा लुम्बिनीमा पार्टीका गतिविधि बढेको, सदस्यता नवीकरणको संख्या पनि वृद्धि भएको तथा केन्द्रीय कार्यक्रम कार्यान्वयनको अवस्था राम्रो रहेको बताए । स्थानीय तथा प्रदेश सरकारसँग समन्वय बढाउँदै पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउन उनले निर्देशन दिएका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Denmark Tightens Rules for Ukrainian Refugees, Citing Strain on Resources

WNBA Star Breanna Stewart Advocates For Safe Spaces Amid Transgender Debate

FIFA President Infantino Attends Caribbean Youth Event Despite Vice Presidential Request

दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

Kazakhstan Holds Parliamentary Election Amidst Constitutional Changes

Kazakhstan Holds Snap Parliamentary Elections Amidst Political Transition

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu