ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित


ABC NEWS
७ भदौ २०८३, आइतबार   १ : ०५   बजे

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व टेस्ट खेलाडी केएस भरत नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि काठमाण्डू गोर्खाजमा अनुबन्धित भएका छन्।

काठमाण्डू गोर्खाजले सामाजिक सञ्जालमार्फत भरतलाई टोलीमा आबद्ध गरिएको जानकारी सार्वजनिक गरेको हो। आसन्न एनपीएल सिजनका लागि टोलीमा अनुबन्ध हुने भरत पहिलो विदेशी खेलाडी हुन्।

३२ वर्षीय विकेटकिपर–ब्याट्सम्यान भरतले भारतीय राष्ट्रिय टोलीबाट टेस्ट क्रिकेट खेलिसकेका छन्। उनले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए।

भरतसँग टी–२० क्रिकेटको पनि लामो अनुभव छ। उनले हालसम्म ९१ वटा ट्वान्टी–२० खेल खेल्दै ११ अर्धशतकको सहयोगमा एक हजार ८१२ रन बनाएका छन्।

अनुभवी भारतीय खेलाडीलाई अनुबन्ध गरेसँगै काठमाण्डू गोर्खाजले एनपीएलको तेस्रो सिजनका लागि आफ्नो टोली निर्माणलाई थप बलियो बनाउने प्रयास गरेको छ।

नेपाल प्रिमियर लिगको तेस्रो सिजन आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने तालिका रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

एसियाली खेलकुदमा नेपालले जितेका तीन रजत पदक

मेसीलाई विपक्षी खेलाडीमाथि हात उठाएको आरोपमा एमएलएसको कारबाही

एसियाडमा नेपालको नियमित सहभागिता, उत्कृष्ट नतिजा कहिल्यै आएन

वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा सन्तोषीलाई कांस्य, सोमबहादुरले बनाए राष्ट्रिय कीर्तिमान

हल सिटीको सनसनीपूर्ण जित, म्यानचेस्टर युनाइटेड २–० ले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu