ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसियाडमा नेपालको नियमित सहभागिता, उत्कृष्ट नतिजा कहिल्यै आएन


ABC NEWS
७ भदौ २०८३, आइतबार   १० : ५५   बजे

जापानको आइची–नागोयामा हुने २०औँ एसियाडका लागि नेपालको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद्ले यसपटक २२ खेलमा १ सय ३६ खेलाडी र ३२ प्रशिक्षकसहित १ सय ६८ सदस्यीय नेपाली टोली सहभागी गराउने तयारी गरेको छ।

२२ खेलमा १ सय ३६ खेलाडी

आगामी असोज ३ गतेदेखि सुरु हुने एसियाडमा नेपालबाट महिला ५६ र पुरुष ८० गरी १ सय ३६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

यो संख्या अघिल्लो संस्करणको तुलनामा ६६ ले कम हो। चीनको हाङजाओमा भएको १९औँ एसियाडमा नेपालबाट २९ खेलमा २ सय ३४ खेलाडी सहभागी भएका थिए।

यसपटक आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्यानो स्लालम, क्रिकेट, साइक्लिङ, डान्स एन्ड स्पोर्ट्स, गल्फ, जुडो, कबड्डी, कराते, स्केटबोर्ड, सफ्ट टेनिस, स्क्वास, स्विमिङ, टेबल टेनिस, तेक्वान्दो, टेनिस, महिला भलिबल, रेस्लिङ र वुसुमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

क्रिकेट र कबड्डीमा नेपालको सबैभन्दा ठूलो टोली रहनेछ। क्रिकेटमा १५ तथा महिला र पुरुष कबड्डीमा समान १२ खेलाडी सहभागी हुनेछन्।

नौ खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षण

एसियाडको तयारीमा रहेका २२ खेलमध्ये नौ खेलका खेलाडीले मात्र वैदेशिक प्रशिक्षणको अवसर पाएका छन्। अन्य खेलका खेलाडी काठमाडौं उपत्यकाभित्र उपलब्ध पूर्वाधार र सीमित स्रोतसाधनमै प्रशिक्षण गरिरहेका छन्।

राष्ट्रिय टोलीको तयारी हेरिरहेका दीपक श्रेष्ठका अनुसार बक्सिङ, कुस्ती, स्विमिङ, टेनिस, कबड्डी र साइक्लिङका खेलाडी भारतमा प्रशिक्षण गरिरहेका छन्। गल्फका खेलाडी दुई फरक देशमा प्रशिक्षणमा छन् भने वुसुको टोलीले चीनमा एक महिना प्रशिक्षण गरेर स्वदेश फर्किसकेको छ।

ई–स्पोर्ट्सका खेलाडी छनोट भएर पनि बाहिर

यसपटक ई–स्पोर्ट्सका खेलाडीले भने एसियाडमा सहभागिता जनाउन नपाउने भएका छन्। छनोट भएर पनि दुई फरक संघबीचको विवादका कारण उनीहरू प्रतियोगिताबाट बाहिरिनुपरेको हो।

पदक जित्ने चुनौती

एसियाडमा नेपालको सहभागिता नियमित भए पनि पदक संख्या भने निकै न्यून छ। सन् १९५१ मा भारतमा भएको पहिलो एसियाडदेखि हालसम्म नेपालले तीन रजत र २३ कांस्य गरी २६ पदक मात्र जितेको छ।

अघिल्लो हाङजाओ एसियाडमा नेपालले दुई पदक जितेको थियो। करातेकी एरिका गुरुङले रजत पदक जित्दा महिला कबड्डी टोलीले कांस्यपदक हासिल गरेको थियो।

एरिकाले व्यक्तिगत स्पर्धामा २५ वर्षपछि नेपाललाई रजत पदक दिलाएकी थिइन्।

तेक्वान्दोबाट सुरु भएको रजतको यात्रा

एसियाडमा नेपालका लागि पहिलो रजत पदक सन् १९९८ मा बैंककमा भएको १३औँ एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले जितेकी थिइन्।

त्यसपछि सन् २०१८ को जकार्ता एसियाडमा प्याराग्लाइडिङको पुरुष टिम क्रसकन्ट्रीमा बिमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश चौधरी र विशाल थापाको टोलीले रजत पदक जितेको थियो।

नेपालले विभिन्न संस्करणमा तेक्वान्दो, कराते, बक्सिङ, प्याराग्लाइडिङ र कबड्डीबाट पदक हात पारे पनि अधिकांश खेलमा सहभागितामै सीमित हुँदै आएको छ।

आइची–नागोया एसियाडमा सहभागी खेलाडी र प्रशिक्षकले भने यसपटक विगतको तुलनामा राम्रो प्रदर्शन गर्दै नेपालको पदक संख्या बढाउने लक्ष्य राखेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

सम्बन्धित

वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा सन्तोषीलाई कांस्य, सोमबहादुरले बनाए राष्ट्रिय कीर्तिमान

हल सिटीको सनसनीपूर्ण जित, म्यानचेस्टर युनाइटेड २–० ले पराजित

बायर्न म्युनिखले जित्यो डीएफएल सुपरकप, डर्टमन्ड २–१ ले पराजित

इन्टर मिलानको विजयी सुरुवात, मोन्जामाथि ४–१ को शानदार जित

रियल मड्रिडको विजयी सुरुवात, इस्पानियोलमाथि २–१ को संघर्षपूर्ण जित

बेलिङघम र एस्पी चम्किँदा रियाल मड्रिडको रोमाञ्चक जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu