ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्टर मिलानको विजयी सुरुवात, मोन्जामाथि ४–१ को शानदार जित


ABC NEWS
७ भदौ २०८३, आइतबार   ८ : ४५   बजे

काठमाडौं । साबिक विजेता इन्टर मिलानले इटालियन सिरी ‘ए’को नयाँ सिजनमा विजयी सुरुवात गरेको छ। शनिबार राति सान सिएरोमा भएको खेलमा इन्टरले मोन्जालाई ४–१ ले पराजित गरेको हो।

इन्टरको जितमा हाकान काल्हानोग्लु, पिओटर जिलिन्स्की, पियो एस्पोसिटो र यान औरेल बिसेकले समान एक–एक गोल गरे। मोन्जाका लागि गुस्ताभो भरेलाले एक गोल फर्काए।

खेलको छैटौँ मिनेटमै काल्हानोग्लुले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए। तर २९औँ मिनेटमा भरेलाले मोन्जाका लागि गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

दोस्रो हाफको सुरुआतमै इन्टरले पुनः अग्रता बनायो। ४८औँ मिनेटमा जिलिन्स्कीले गोल गरे। त्यसको सात मिनेटपछि एस्पोसिटोले गोल गर्दै इन्टरको अग्रता ३–१ मा पुर्‍याए।

खेलको ६३औँ मिनेटमा बिसेकले चौथो गोल थपेपछि इन्टर ४–१ ले अघि बढ्यो। त्यसपछि थप गोल हुन नसकेपछि घरेलु टोलीले सहज जित दर्ता गर्‍यो।

जितसँगै उपाधि रक्षा अभियानमा रहेको इन्टरले नयाँ सिजनमा महत्वपूर्ण तीन अंक जोडेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक छ : पम्फा भुसाल

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, ताक्सुगाडमा यातायात पुनः सञ्चालन

सम्बन्धित

वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा सन्तोषीलाई कांस्य, सोमबहादुरले बनाए राष्ट्रिय कीर्तिमान

हल सिटीको सनसनीपूर्ण जित, म्यानचेस्टर युनाइटेड २–० ले पराजित

बायर्न म्युनिखले जित्यो डीएफएल सुपरकप, डर्टमन्ड २–१ ले पराजित

रियल मड्रिडको विजयी सुरुवात, इस्पानियोलमाथि २–१ को संघर्षपूर्ण जित

बेलिङघम र एस्पी चम्किँदा रियाल मड्रिडको रोमाञ्चक जित

एनपीएलका लागि चितवन राइनोजमा जिम्बाब्वेका स्टार अलराउन्डर सिकन्दर राजा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu