ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पाका स्थानीय तहमा हेलिप्याड निर्माण


shreedhar Gautam
२२ असार २०७७, सोमबार   ९ : ४७   बजे

रोल्पा, २२ असार । जिल्लाका स्थानीय तहमा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ । विपद् र स्वास्थ्यसँग जोडिएका विषयका साथै सुत्केरीको आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले नसेनाले उक्त होलिप्याड निर्माण गरेको हो ।

सुनछहरी गाउँपालिकाको पोवाङ, रुण्टीगढी गाउँपालिकाको होलेरी, परिवर्तन गाउँपालिकाको धामाचौर र गङ्गादेव गाउँपालिकाको सुखाओडारमा सेनाको खड्गदल गण लिवाङले सो हेलिप्याड निर्माण गरेको हो । प्रदेश सरकारको सहयोगमा पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहमा निर्माण गरिएको सो हेलिप्याडमध्ये चार स्थानको जिम्मा सेनाले लिएको हो । रोल्पा नगरपालिकाको लिवाङमा निर्माण गरिएको हेलिप्याड भने नगरपालिका आफैँले निर्माण गरिरहेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको आग्रहमा सेनाले उक्त हेलिप्याड निर्माणको जिम्मा लिएको हो । “विपद्सँग सम्वन्धित विषय नेपाली सेनाको पनि सरोकारको विषय भएकाले हेलिप्याड निर्माण गरेका हौँ”, खड्गदल गण रोल्पाका गणपति सुधीर केसीले भन्नुभयो, “लकडाउनको असहजताका बीच पनि निर्माण सम्पन्न गरेका छौँ ।”
जिल्ला प्रशासन कार्यालयको कार्यादेशानुसार खड्गदल गण रोल्पा उक्त निर्माणमा सरिक भएको थियो । सार्वजनिक खरीद ऐनबमोजिम प्रतिहेलिप्याड रु पाँच लाखका दरले निर्माण गरिएको सेनाले जनाएको छ । हेलिप्याड निर्माणका लागि प्रदेश सरकारले अघिल्लो वर्ष नै बजेट विनियोजन गरे पनि विविध कारणवश निर्माण हुन सकेको थिएन । निर्माण नहुँदा अघिल्लो वर्ष बजेट फिर्ता गएपछि यस वर्ष सेनालाई निर्माणको जिम्मा दिइएको हो ।

रोल्पा नगरपालिकाले नाइट भिजन हेलिप्याड निर्माण गरेको छ । अघिल्लो वर्ष रु १५ लाख बजेट खर्चेर बनाइएको हेलिप्याड वर्षासँगै भत्किएपछि यस वर्ष पनि सोही हेलिप्याड निर्माणका लागि बजेट छुट्याइएको नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो । सो हेलिप्याडका लागि यस वर्ष रु २० लाख बजेट विनियोजन गरिएको छ ।
वर्षाको मौसमसंँगै अधिकांश सडकमा आउने पहिराले ६ महिनासम्म सडक अवरुद्ध हुँदा बिरामी, सुत्केरी तथा विपद्मा परेकाहरुले अकालमा ज्यान गुमाउने गरेका छन् । हेलिप्याड निर्माणपछि यस्तो समस्या भोग्दै आएका रोल्पालीलाई ठूलो राहत मिल्ने नेपाल पत्रकार महासङ्घ रोल्पाका अध्यक्ष महेश न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group