ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईस्लाम धर्मालम्बीहरुको पर्व ईद उल फित्र देशभर मनाइँदै


admin
१२ असार २०७४, सोमबार   ३ : ४१   बजे

काठमाडौ, १२ असार । ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–फित्र आज देशभर धुमधामका साथ मनाइँदैछ ।
आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (ब्रत) सकिएको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । विश्वभरका ईस्लाम धर्मावलम्बी मुसलमानहरु एक महिनासम्म रोजा बस्दछन् । आइतबार बेलुका चन्द्रमा देखिएपछि ईस्लामिक पात्रो अनुसार रमजान महिनामा एक महिना रोजा (ब्रत) पुरा गरी ईद मनाउने चलन छ । रमजान महिना सकिएलगत्तै ‘रोजा’ सकिने र ईदगाहको मस्जिदमा सामुहिक रुपमा प्रार्थना गरी शुभकामना साटासाट समेत गर्ने चलन छ ।
रोजा सूर्योदय हुनुअघिदेखि सूर्यास्तसम्म चल्ने र यस महिनामा धनी वर्गले गरीबलाई आर्थिक सहयोगलगायत अन्य दान दिने चलन रहँदै आएको छ । यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको पर्व इद इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिनुभएको छ । राष्ट्रपतिले शुभकामना सन्देश जारी गर्दै देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभएको हो । इद उल फित्र कै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा–एमाले अध्यक्ष केपी शर्मा ओली, नया“ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईलगायतका अन्य दलका नेताहरुले शुभकामना दिनुभएको छ । यसैबीच सरकारले इस्लाम समुदायको पर्व ईदको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दक्षिण कोरियामा नेपाली दक्ष कामदारका लागि ई–७ भिसाको बाटो खुल्दै, मागपत्र प्रमाणीकरण सुरु

मन्त्रालय गाभिएपछि बागमतीमा प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal’s Institutional Trust Faces Crisis, Hindering Governance

Wildfires Force Evacuations of Nearly 1,800 People in Western Germany

Study Finds Shared Understanding Of Exploitation Across Political Spectrum

दक्षिण कोरियामा नेपाली दक्ष कामदारका लागि ई–७ भिसाको बाटो खुल्दै, मागपत्र प्रमाणीकरण सुरु

मधुश्रावणी पर्व आज समापन हुँदै, प्रेम, संस्कृति र नवविवाहिताको भावनासँग जोडिएको मैथिल पर्व

महिला केन्द्रित कथा चम्किँदा बदलिँदै नेपाली सिनेमाको ‘हिरो’ परिभाषा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu