ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको संसदले तीन दशकपछि कर प्रणालीमा फेरबदल गर्ने


admin
५ पुस २०७४, बुधबार   १२ : ०९   बजे

काठमाडौं, ५ पुस । अमेरिकाको रिपब्लिकन नियन्त्रित संसदले अमेरिकामा तीन दशकभन्दा लामो समयपछि त्यहाँको कर प्रणालीमा फेरबदल गर्ने ठानिएको छ ।

कर प्रणालीमा उल्लेख्य सुधार ल्याउने भनिएको विधेयक तल्लो सदनले पारित गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पहिलो महत्वपूर्ण विधायकी उपलब्धी हासिल गर्न लागेको रुपमा हेरिएको छ । रिपब्लिकनहरुले कर प्रणालीमा हुने परिवर्तनले मध्यम वर्गीयलाई मद्दत गर्ने बताएका छन् । तर डेमोक्र्याट्हरुले भने यो धनीहरु लक्षित रहेको टिप्पणी गरेका छन् । मंगलबारको तल्लो सदनमा भएको मतदानमा २२७ जनाले नयाँ कर प्रणालीको पक्षमा मतदान गरेका थिए । १२ रिपब्लिकनहरु र सबै डेमोक्र्याट सदस्यहरुले भने त्यसको विपक्षमा बोलेका थिए । राष्ट्रपति ट्रम्पले यो विधेयकलाई देशका लागि क्रिसमसको उपहार भनी व्याख्या गरेका छन् ।

डेमोक्र्याट सांसद बारबरा लिले नयाँ कर कटौतीले तल्लो र मध्यम वर्गीय परिवारका लागि मर्का पर्ने भन्दै विधेयकको आलोचना गरेकी छन् । यो विधेयकले ठूलठूला व्यापारिक कम्पनीहरुले तिर्दै आएको करको दर ३५ बाट २१ प्रतिशतसम्म स्थायी रुपमा कटौती गर्छ । माथिल्लो सदन सिनेटमा अबको केही घण्टामा त्यसबारे मतदान हुने ठानिएको छ । मत सर्वेक्षणहरुले अमेरिकी मतदाता माझ यो विधेयक अलोकप्रिय रहेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group