ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान


एबीसी न्यूज
१० असार २०८३, बुधबार   ११ : ४०   बजे

काठमाडौं १० असार । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी रूपमा एचआईभी/एड्सको महामारीलाई अन्त्य गर्न र यस विरुद्धको लडाइँलाई तिब्रता दिन सुदृढ राजनीतिक प्रतिवद्धताको आवश्यकता रहेकोमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभा अन्तर्गत आयोजित एचआईभी/एड्स सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । महासचिव गुटेरेसको तर्फबाट उक्त बैठकको उद्घाटन सत्रमा उपमहासचिव अमिना मोहम्मदले मन्तव्य प्रश्तुत गर्नुभएको थियो । सम्बोधनका क्रममा उपमहासचिव मोहम्मदले विगत ४५ वर्षमा एड्स विरुद्धको अभियानमा विश्वले असाधारण ऐक्यवद्धता र संकल्प प्रदर्शन गरेको उल्लेख गर्नुभयो । प्रश्तुत तथ्याङ्कअनुसार, सन् २००४ को उच्च बिन्दुको तुलनामा एड्ससँग सम्बन्धित मृत्युदर ७० प्रतिशतले घटेको छ भने सन् २०१० को तुलनामा ५४ प्रतिशतले कमी आएको छ । त्यसैगरी, एचआईभी रोकथाम र उपचार सेवाहरूको विस्तारका कारण नयाँ संक्रमणको दरमा ४० प्रतिशतले ह्रास आएको छ । हाल विश्वभर एचआईभी संक्रमित ३ करोड २० लाखभन्दा बढी व्यक्तिहरूले जीवनरक्षक एन्टिरेट्रोभाइरल उपचार प्राप्त गरिरहेका छन् ।
यद्यपि, एड्सको चुनौती अझै पूर्ण रूपमा समाप्त नभएको तर्फ राष्ट्रसंघले सचेत गराएको छ । एचआईभी विरुद्धको प्रतिकार्यले सीमा र क्षेत्रभन्दा माथि उठेर गरिने ऐक्यवद्धताले डर, असमानता र अन्यायलाई पराजित गर्न सकिन्छ भन्ने प्रमाणित गरेको महासचिवको सन्देशमा उल्लेख छ । यस लक्ष्यलाई पूर्ण रूपमा हासिल गर्न स्थानीय, क्षेत्रीय र विश्वव्यापी संस्थाहरूको एकीकृत प्रयास अपरिहार्य रहेकोमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कर्मचारीको विदेश भ्रमण बढ्दो, एक वर्षमा १४८ देश पुगे १३ हजार ५३१ जना

जय नेपाल पार्टीको मुख्य प्रतिस्पर्धी घण्टी : धवल शम्शेर

सम्बन्धित

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu