ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ९ : १५   बजे

काठमाडौं । पश्चिम एसियामा जारी तनावबीच अमेरिकाले आफ्नो यूएसएस जर्ज वाशिंगटन एयरक्राफ्ट क्यारियर उक्त क्षेत्रमा तैनाथ गरेको छ। अमेरिकी सेनका अनुसार जर्ज वाशिंगटनले लामो समयदेखि पश्चिम एसियामा तैनाथ यूएसएस अब्राहम लिंकनको स्थान लिनेछ।

पश्चिम एसियामा अमेरिकी सैन्य अभियानको जिम्मेवारी सम्हाल्दै आएको अमेरिकी सेन्ट्रल कमान्डले यूएसएस जर्ज वाशिंगटन बुधबार उक्त क्षेत्रमा पुगेको जनाएको छ।

यसैबीच, यूएसएस अब्राहम लिंकन अमेरिका कहिले फर्किने भन्नेबारे भने अमेरिकी सेनाले स्पष्ट जानकारी दिएको छैन। फर्किने क्रममा जहाज कुनै बन्दरगाहमा रोकिने वा नरोकिने विषयसमेत स्पष्ट छैन। पश्चिम एसियाबाट अमेरिकासम्मको यात्रामा एक महिनाभन्दा बढी समय लाग्न सक्ने बताइएको छ।

यूएसएस अब्राहम लिंकनको लामो तैनाथीलाई लिएर पछिल्लो समय प्रश्न उठ्दै आएका थिए। जहाजले २५० दिनभन्दा बढी समय लगातार समुद्रमा रहेर नयाँ रेकर्ड बनाएको थियो।

लामो समय समुद्रमा रहँदा चालक दलमा तनाव तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको र खानेकुरा, पेय पदार्थ तथा सरसफाइका अत्यावश्यक सामग्रीको अभाव भएको रिपोर्ट सार्वजनिक भएका थिए। अमेरिकाका केही डेमोक्रेटिक सांसदहरूले जहाजमा देखिएको अवस्थाबारे रक्षा मन्त्रालयसँग जवाफसमेत मागेका छन्।

रक्षा मन्त्रीले रिपोर्ट अस्वीकार गरे

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले भने अब्राहम लिंकनको अवस्थाबारे सार्वजनिक भएका रिपोर्ट अस्वीकार गर्दै घटनालाई पूर्ण रूपमा गलत ढंगले प्रस्तुत गरिएको बताएका छन्।

उनले गत साता यूएसएस अब्राहम लिंकनका चालक दलसँग कुराकानी गरेका थिए। त्यसपछि अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कूपरले गत सप्ताहान्तमा जहाजको भ्रमण गरेका थिए।

कूपरले चालक दलको प्रदर्शनको प्रशंसा गर्दै उनीहरूले ऐतिहासिक प्रदर्शन गरेको र अब घर फर्किने समय आएको बताएका छन्।

यूएसएस जर्ज वाशिंगटनको तैनाथीले पश्चिम एसियामा अमेरिकी सैन्य उपस्थितिलाई निरन्तरता दिएको छ भने लामो समयदेखि समुद्रमा रहेको अब्राहम लिंकनको तैनाथी अन्त्य हुने भएको छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कर्मचारीको विदेश भ्रमण बढ्दो, एक वर्षमा १४८ देश पुगे १३ हजार ५३१ जना

जय नेपाल पार्टीको मुख्य प्रतिस्पर्धी घण्टी : धवल शम्शेर

सम्बन्धित

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu