ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?


एबीसी न्यूज
१० असार २०८३, बुधबार   ८ : १५   बजे

काठमाडौं, १० असार । समूह चरणको अन्तिम चरण नजिकिँदै जाँदा फिफा विश्वकप–२०२६ को नयाँ ढाँचाले प्रतिस्पर्धा झन् रोचक बनेको छ। ४८ टोली सहभागी यस विश्वकपमा शीर्ष दुई टोली मात्र होइन, तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने व्यवस्था रहेकाले अन्तिम खेलअघि अधिकांश समूहमा रोमाञ्चक समीकरण देखिएको छ।

यस संस्करणमा १२ समूहबाट समूह विजेता र उपविजेता गरी २४ टोली सिधै राउण्ड अफ ३२ मा पुग्नेछन्। बाँकी आठ स्थानका लागि १२ वटा तेस्रो स्थानका टोलीबीच प्रतिस्पर्धा हुनेछ। उत्कृष्ट प्रदर्शन गर्ने आठ टोली नकआउट चरणमा प्रवेश गर्दा चार टोली भने समूह चरणमै बाहिरिनेछन्।

फिफाले यसपटक समूह चरणमा अंक बराबरी भए टोलीको स्थान निर्धारण गर्न नयाँ प्राथमिकता लागू गरेको छ। पहिले गोल अन्तरलाई पहिलो आधार मानिने भए पनि अहिले हेड–टु–हेड नतिजालाई प्राथमिकता दिइएको छ। दुई वा बढी टोलीको अंक बराबरी भए उनीहरूबीचको प्रत्यक्ष भेटको नतिजा, त्यस खेलको गोल अन्तर र गोल संख्या क्रमशः हेरिनेछ। त्यसबाट पनि निर्णय नभए समग्र गोल अन्तर, कुल गोल संख्या, अनुशासन र अन्तिममा फिफा वरीयता आधार बन्नेछ।

नयाँ नियमका कारण दुई खेलमै लगातार जित निकाल्ने टोलीहरू समूह विजेता बन्ने सम्भावना बलियो भएको छ। सहआयोजक अमेरिका र मेक्सिकोसँगै जर्मनी तथा साविक विजेता अर्जेन्टिनाले दुई खेल जित्दै नकआउट चरणको यात्रा सुनिश्चित गरिसकेका छन्। यता लगातार दुई खेल गुमाएका हाइटी, टर्किए, जोर्डन र ट्युनिसिया भने समूह चरणबाटै बाहिरिने अवस्थामा पुगेका छन्।

तेस्रो स्थानका टोलीहरूको प्रतिस्पर्धामा भने गोल अन्तर निर्णायक बन्न सक्ने देखिएको छ। अंक बराबरी भएको अवस्थामा उत्कृष्ट तेस्रो टोली छनोट गर्न गोल अन्तर, गोल संख्या, अनुशासन र अन्तिममा फिफा वरीयता हेरिनेछ। त्यसैले समूह चरणको अन्तिम खेलमा जित मात्र होइन, सकेसम्म राम्रो गोल अन्तर कायम राख्नु पनि टोलीहरूका लागि महत्वपूर्ण बनेको छ।

विश्वकपको विस्तारित ढाँचाले यसपटक समूह चरणको अन्तिम खेलसम्म धेरै टोलीलाई नकआउट चरणको आशा जीवित राखेको छ। त्यसैले आगामी खेलहरूमा प्रत्येक गोल, प्रत्येक अंक र प्रत्येक कार्डले पनि टोलीहरूको भविष्य निर्धारण गर्न सक्ने अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group