ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपाको मुद्दा फिर्ता लिनेबारे कुनै निर्णय भएको छैन : मन्त्रि गुरूङ


एबीसी / संवाददाता
६ बैशाख २०७८, सोमबार   ४ : १५   बजे

काठमाडौं, ६ वैशाख । सरकारले जनता समाजवादी पार्टी (जसपा) नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिनेबारे कुनै निर्णय नगरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेश तथा थरुहट–थारुवान आन्दोलनका क्रममा संलग्न भएका राजपा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिनेबारे कुनै निर्णय नभएको सूचना प्रविधिमन्त्री गुरुङले बताउनुभयो ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको माग पूरा गर्न बनाउनुभएको कार्यदलका सदस्य राजन भट्टराईले पनि आजको बैठमा जसपाको मुद्दाबारे कुनै निर्णय नभएको बताउनुभयो । सत्ता समीकरणका लागि जसपाले मधेश आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, बन्दीको रिहाइ हुनुपर्ने, घाइतेको उपचार हुनुपर्ने संविधान संशोधन हुनुपर्ने र मधेश थारुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग सरकार समक्ष राखको थियो ।

सोहि माग पूरा गर्न सरकारले बन्दी रिहाइ प्रक्रिया अघि बढाइएको छ । तर, आजको बैठकमा त्यस्तो कुनै निर्णय नभएको मन्त्री गुरुङले बताउनुभयो । गत हप्ता प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच माग सम्बोधनका विषयमा छलफल भएको थियो । उक्त छलफलमा अध्यक्ष ठाकुरले आफ्नो दलले अघि सारेको माग सम्बोधन गर्न आग्रह गर्नुभएको थियो ।

यसैगरी जसपाका तर्फबाट कार्यदल सदस्य लक्ष्मणलाल कर्णले पनि सरकारबाट त्यस्तो कुनै निर्णय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले मुद्दा फिर्ता लिएको भए हामीलाई खबर आउथ्यो । त्यस्तो कुनै कुरा आएको छैन । अहिले हामी छलफलमै छौं ।’ जसपाले मधेश आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा र बन्दीको विवरण गृह मन्त्रालय पठाएको थियो । जसमा विभिन्न २४ किसिमका मुद्दामा २०८ जनाको मुद्दा फिर्ता लिन आग्रह गर्दै गृह मन्त्रालयमा फाइल पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Italian Fishermen Export Invasive Blue Crabs to Salvage Livelihoods

Deadlocked Jury in Lindsay Clancy Trial Goes Home After Fifth Day Without Verdict

Lindsay Clancy Murder Trial: What Happens If Jury Can’t Reach Verdict?

Pennsylvania Police Officer Charged With Voluntary Manslaughter After Shooting College Student

Justice Department Seizes Over $560K in Cryptocurrency Donations Intended for Hamas

US Judge Rejects Bid to Break Up Google’s Ad Business

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu