ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य सहयोगका लागि चीन सरकारलाई अपील


एबीसी / संवाददाता
३० बैशाख २०७८, बिहिबार   २ : ४७   बजे

काठमाडौँ, ३० बैशाख । नागरिक अभियन्ताहरुले बढ्दो कोरोना महामारीमा चीन सरकार र चिनियाँ नागरिकलाई भयावह स्वास्थ्य अवस्था सुधारका निम्ति सहयोग गर्न आग्रह गरेका छन् । जागरुक नागरिकहरुको तर्फबाट बुधबार ८३ जना अभियन्ताहरुले संयुक्त अपील जारी गरी स्वास्थ्य संकटमा विगत जस्तै सहयोगी हात अघि बढाउन आग्रह गरेका हुन् ।

‘अक्सिजनको विकराल अभावका कारण हाम्रा स्वास्थ्य संस्थाको सेवा प्रवाहमा अवरोध भएको छ । नेपाल सरकारले दोस्रो लहर कम गर्न अहिले तुरुन्त ५० हजार अक्सिजन सिलिन्डर आवश्यक रहेको बताउदै ’ उनीहरुले भनेका छन्, ‘चीनले २० हजार सिलिन्डर र अन्य स्वास्थ्य सामग्री पठाउने कुराले हामीलाई सहयोग गर्न चाहने यहाँहरूको उदार भावना अभिव्यक्त भइसकेको छ । यो सहायतालाइ छरितो ढुवानीमार्फत् थप बढाउँदै अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर्स र देशभर अक्सिजन वितरणका लागि आवश्यक अन्य सहायता उपलब्ध गराउन हामी अनुरोध गर्दछौं ।’

उनीहरुले दीर्घकालीन रुपमा संक्रमण रोक्न थप खोप सहायता गर्न भनेका छन् । चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप– कुल ८ लाख डोज– को पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउन नेपाल सरकारले मिति तय गरिसकेकाले थप खोप आवश्यकता परेको उनीहरुको भनाइ छ , ‘थप खोप उपलब्ध गराएर नेपाललाई सहयोग गर्न हामी चिनियाँ सरकारलाई अपिल गर्छौं ताकि खोप अभावमा थप मानवीय क्षति रोक्न सकियोस्’ उनीहरुलको अपील छ ।उनीहरुले ‘यो जटिल परिस्थितिमा हाम्रा छिमेकी र मित्रहरूले प्रदान गर्ने सहृदयी सहायताको आशा गर्नु बाहेक हामीसँग अहिले अन्य विकल्प नभएकोु भन्दै काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीलाई सहयोगका लागि समन्वयको आग्रह गरेका छन् । यसरी संयुक्त गर्नेहरुमा प्राध्यापक हेमराज पन्त, अभियन्ताहरु जगन्नाथ लामिछाने, प्रेम सापकोटा, वरिष्ठ अधिवक्ता रमेशदेव भट्ट, वसन्ती चौधरी, अधिवक्ता अजयशंकर झा, प्रदिप परियार र कलाकार खगेन्द्र लामिछाने लगायत छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group