ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बढ्दो वायु प्रदूषणबाट वृद्धवृद्धा बढी पीडित


एबीसी / संवाददाता
१९ चैत्र २०७८, शनिबार   २ : २५   बजे

काठमाडौँ, १९ चैत । बेनी नगरपालिका–२ की ७२ वर्षीया यामकुमारी शर्मा विगत एक सातादेखि घाँटी चिलाउने, लामो समय नाक बन्द हुने, आँखा पिरो हुने र टाउको भारी हुने समस्याले ग्रस्त हुनुहुन्थ्यो । गत बुधबार अस्पतालमा गएर जाँच गराउँदा वातावरणीय प्रदूषणका कारण यस्तो समस्या आएको चिकित्सकहरुले बताएपछि उहाँले घरमा बस्दासमेत मास्क लगाउन सुरु गर्नुभएको छ ।

शर्मा मात्रै होइन केही दिनयता बढेको वायु प्रदूषणका कारण म्याग्दीका बालबालिका र वृद्धवृद्धाहरु बिरामी पर्न थालेका छन् । आकाश धुम्मिने, घाम नलाग्ने, पानी नपर्ने, साबिकको भन्दा बढी हावाहुरी चल्ने, धुवाँ र धुलो फैलिनेजस्ता कारणले गर्दा यहाँका बासिन्दाहरु विगत एक सातादेखि समस्यामा छन् ।धुलो र धुवाँका कारण एलर्जी भएका बिरामीहरु पनि अस्पतालमा धाउन थालेका छन् । बेनी अस्पतालका डा जितेन्द्र कँडेलले बिरामीलाई सकभर घरमै आराम गर्न सझाउँदै आउनुभएको छ । बाहिर जानैपरे धुलो र धुवाँबाट बच्न चिकित्सकहरुले सुझाए पनि बाहिर निस्केपछि धुवाँ र धुलोबाट बच्न सक्ने अवस्था नरहेको सर्वसाधारण बताउँछन्। धुवाँ र धुलोका कारण फोक्सोको समस्या लिएर बिरामीहरु आउने गरेका अस्पतालले जनाएको छ । चिकित्सकहरुका अनुसार प्रदूषणबाट बच्नका लागि स्पेसल मास्क लगाउन अनिवार्य छ ।

उपचारका लागि आउने बिरामीहरुमध्ये आधाभन्दा बढी वायु प्रदूषणबाट उत्पन्न विभिन्न रोगका हुने गरेका उक्त अस्पतालले जनाएको छ । यतिबेला म्याग्दीको आकाश धुम्मिएको छ । वातावरणमा एक किसिमको पिरोपना फैलिएको महसुस स्थानीयवासीले गर्न थालेका छन् । विगत तीन दिनयता घाम पनि नलाग्ने र आकाशमा सफा बादल पनि नदेखिने गरेको स्थानीयवासी जीवन रेग्मी बताउनुहुन्छ । तरकारी, फलफूल, गहँु, केराउलगायत अन्य बालीका पातमा फुस्रोपना देखिएको र बोटसमेत ओइलाउन थालेको उहाँको भनाइ छ ।

विगत एक सातायता ग्रामीण क्षेत्रहरुमा बिरामी पनि बढेका छन् । विशेषगरी प्रदूषणजन्य रोगका बिरामीहरु देखिएकाले तीन–चार दिनसम्म उनीहरु अस्पतालमा जचाउन जाँदैनन् तर टाउको दुख्ने र घाँटीमा समस्या देखिन थाल्यो भने बल्ल उनीहरु अस्पताल आउने गरेका चिकित्सकहरुले बताएका छन् ।

वातावरणीय प्रदूषणले नाक, कान, घाँटीमा तत्काल समस्या पार्ने र दीर्घकालीनरूपमा मुटु, मस्तिष्क, फोक्सोलगायत विभिन्न भागमा असर गर्ने चिकित्सकहरुको भनाइ छ । “हावामा मिसिएका साना कण सासमार्फत शरीरभित्र सजिलै पस्छन् र रगतमा मिसिन्छन् जसका कारण दीर्घकालीन रोग लाग्छ,” ज्यामरुककोट स्वास्थ्य चौकीका चिकित्सक खगराज निउरे भन्नुहुन्छ, “वातावरण प्रदूषणले बालबालिका, वृद्धवृद्धा गर्भवती र प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा सोझै असर गर्छ ।”

वातावरण संरक्षण नियमावली २०५४ को नियम १५ अनुसार सरकारले वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ लागू गरेको छ । मापदण्डअनुसार एक वर्षमा १८ दिनभन्दा बढीको दूषित हावाले शरिरमा असर पार्छ । राष्ट्रिय मापदण्डमा नौ प्रदूषकलाई वायु प्रदूषणको परिधिभित्र राखिएको छ । स्वास्थ्य सेवा विभागले स्थापना गरेका विभिन्न केन्द्रबाट टिएसपी, पिएम–१० र पिएम–दुई दशमलव पाँच प्रपितशतको मात्रा मापन हुँदै आएको छ । राष्ट्रिय मापदण्डले एक वर्षमा ९५ प्रतिशत वातावरण सफा हुनुपर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

शुल्क र गुणस्तर विवादबीच विदेशी कलेजमाथि कडाइको तयारी

ईश्वर पोखरेललाई एमालेले बनायो काठमाडौँ– ५ को उम्मेदवार

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group