ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा, नुवाकोटसहितका जिल्लामा वर्षा जारी, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ८ : २५   बजे

काठमाडौं । देशका विभिन्न जिल्लामा सोमबार साँझदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति ७:५० बजेसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, सिन्धुपाल्चोक र लमजुङलगायत जिल्लामा हल्कादेखि मध्यमसम्म वर्षाभइरहेको छ।

पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै वर्षा स्याङ्जाको दण्डेश्वरमा ८६.२ मिलिमिटर मापन भएको छ। यस्तै गोरखाको आरुघाटमा ६२.४, रुपन्देहीमा ४६.८ र सिन्धुपाल्चोकको मेलम्चीमा २४.२ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमाहल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

बाढी–पहिरोको जोखिम

महाशाखाले वर्षा भइरहेका तथा आसपासका क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी पछिल्लो समय बाढी र पहिरोबाट प्रभावित पहाडी तथा नदी तटीय क्षेत्रमा थप वर्षाले जोखिम बढाउन सक्ने देखिएको छ।

यसअघि पनि मौसम महाशाखाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत बाढी प्रभावित क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको थियो।

आज राति कहाँ–कहाँ भारी वर्षा?

महाशाखाका अनुसार सोमबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान छ।

कोशी र बागमती प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग तथा गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। सोमबार रातिको पूर्वानुमानमा कोशी र बागमतीका केही हिमाली तथा पहाडी क्षेत्रमा धेरै भारी वर्षासमेत हुनसक्ने उल्लेख छ।

भारी वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, आकस्मिक बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले नदी तथा खोलानाला आसपास बसोबास गर्ने स्थानीय, यात्रु तथा उद्धार तथा राहतमा खटिएका टोलीलाई विशेष सतर्क रहन आग्रह गरिएको छ।

विशेषगरी रसुवा र नुवाकोटका स–साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम उच्च रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखा

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा, नुवाकोटसहितका जिल्लामा वर्षा जारी, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

सम्बन्धित

‘भोटेकोशी बाढी होइन, हिमाली सुनामी हो’ : विश्व मञ्चमा नेपालले मुद्दा उठाउन विज्ञको सुझाव

भोटेकोसी बाढीपछि जलमापन केन्द्र बगे, पूर्वसूचना प्रणाली प्रभावित

भोटेकोसी बाढीपीडितका लागि बाबुराम भट्टराईले दिए एक लाख सहयोग

हाकु क्षेत्रमा ६५–७० जना बेपत्ता, राहत पुर्‍याउनसमेत कठिन

चितवनमा भोटेकोसी बाढीका २७२ शव फेला, १२ जनाको मात्र सनाखत

नेपालमा सयभन्दा बढी हिमताल फुट्ने जोखिम, जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली आवश्यक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu