ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाकु क्षेत्रमा ६५–७० जना बेपत्ता, राहत पुर्‍याउनसमेत कठिन


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १ : १५   बजे

काठमाडौं । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ स्थित हाकु क्षेत्र भोटेकोसी बाढीबाट गम्भीर रूपमा प्रभावित भएको छ। वडाध्यक्ष साङ लामा तामाङका अनुसार हाकु क्षेत्रमा ६५ देखि ७० जना स्थानीय अझै सम्पर्कविहीन छन्।

बाढीले पुल बगाएपछि हाकुबेँसीसँग सडक सम्पर्क विच्छेद भएको छ। विद्युत् र टेलिकम सेवा समेत अवरुद्ध हुँदा स्थानीय थप समस्यामा परेका छन्। वडाध्यक्ष तामाङका अनुसार हाकु क्षेत्रमा घरहरू बाढीले बगाएको अवस्था नरहे पनि जलविद्युत् आयोजनामा काम गर्ने स्थानीयहरू बाढीमा परेका छन्। हाकुबेँसीमा राहत सामग्री पुर्‍याउनसमेत कठिन भएको उनले बताए। उनले लगातार वर्षा भए हाकुबेँसी नै बगाउने जोखिम रहेको भन्दै त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न संघीय सरकारसँग आग्रह गरेका छन्। वडाध्यक्ष तामाङले संघीय सरकार र स्थानीय जनप्रतिनिधिबीच प्रभावकारी समन्वय हुन नसक्दा वास्तविक पीडितले राहत पाउन नसकेको गुनासो गरेका छन्। उनका अनुसार हेलिकोप्टरमार्फत राहत तथा उद्धारका प्रयास भइरहे पनि स्थानीय आवश्यकताअनुसार सामग्री वितरण हुन सकेको छैन। उनले स्थानीय तहसँग समन्वय गरेर उद्धार, राहत र पुनःस्थापनाको काम अघि बढाउन सरकारसँग माग गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनामा उद्धार टोली पुग्न सकेन, ९३ जना अझै बेपत्ता

अत्यावश्यकबाहेक हेलिकप्टर उद्धार नमाग्न प्राधिकरणको आग्रह

सम्बन्धित

चितवनमा भोटेकोसी बाढीका २७२ शव फेला, १२ जनाको मात्र सनाखत

नेपालमा सयभन्दा बढी हिमताल फुट्ने जोखिम, जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली आवश्यक

लाङटाङ हिमालको हिउँ चट्टान आठ महिनादेखि भासिँदै थियो, भदौ १० मा चोइटिँदा आयो भोटेकोशीमा हिमबाढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu