ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवागढी आयोजनामा उद्धार टोली पुग्न सकेन, ९३ जना अझै बेपत्ता


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १ : २५   बजे

काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाभित्र भोटेकोसी बाढीका कारण थुनिएका तथा सम्पर्कविहीन व्यक्तिको उद्धारका लागि गएको टोली आयोजनास्थलमा पुग्न नसकेपछि धुन्चे फर्किएको छ। विद्युत् प्राधिकरणका एक कर्मचारीका अनुसार बाढीका कारण आयोजनाभित्रको अवस्था अत्यन्त जोखिमपूर्ण रहेकाले उद्धार टोलीले थुनिएका व्यक्तिसम्म पुग्न नसकेर फर्किएको हो। रसुवागढी आयोजनाबाट ९३ जना अझै सम्पर्कविहीन रहेको बताइएको छ। उनीहरूमध्ये रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना, दुई जना ज्यालादारी कर्मचारी, निर्माणमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना, सीडब्ल्यूईका चार जना र भनस कन्स्ट्रक्सनका तीन जना रहेका छन्। भूमिगत डिसेन्डरमा फसेका ६ जनामध्ये चार जना करिब दुई दिन लगाएर आफैँ बाहिर निस्कन सफल भएका थिए। उनीहरूलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याएको छ। अन्य तीन जना भने सुरक्षित स्थानमा गएर ज्यान जोगाउन सफल भएको रसुवागढी हाइड्रोपावर कम्पनीले जनाएको छ। कम्पनीका अनुसार आवश्यक उपकरण प्रयोग गरी खोजी गर्न सके थुनिएका व्यक्तिसम्म छिट्टै पुगेर उद्धार गर्न सकिने अवस्था छ। तर आवश्यकताअनुसार पर्याप्त स्रोतसाधन तथा उपकरण उपलब्ध हुन नसक्दा उद्धार टोली आयोजनाभित्र प्रवेश गर्न नसकेको जनाइएको छ। आयोजनाभित्र रहेका व्यक्तिको अवस्थाबारे थप जानकारी लिन तथा उद्धारका लागि आवश्यक उपकरण र प्राविधिक जनशक्ति परिचालन गर्नुपर्ने अवस्था देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : ९०३ शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

बाढीपीडितका लागि कांग्रेस सांसदले एक महिनाको तलब दिने

सम्बन्धित

भोटेकोसी बाढी : ९०३ शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, तीन शव फेला

अत्यावश्यकबाहेक हेलिकोप्टर उद्धार नमाग्न प्राधिकरणको आग्रह

रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमा लेदो र पानी भरिँदा उद्धार प्रभावित

त्रिशूली बाढीमा सुरुङबाट ज्यान जोगाएर निस्किएका कामदारको कहालीलाग्दो कथा

आफन्तको खोजीमा विदेशबाट नेपाल आउँदैछन् परिवार, ५९१ पर्यटक अझै सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu