ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अत्यावश्यकबाहेक हेलिकोप्टर उद्धार नमाग्न प्राधिकरणको आग्रह


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १ : १५   बजे

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम नपरी हेलिकोप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। आपत्कालीन अवस्थामा खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकोप्टर आवश्यक पर्ने भएकाले न्यून प्रभावित, अप्रभावित तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिले अनावश्यक रूपमा हवाई उद्धारको माग नगर्न प्राधिकरणले आग्रह गरेको हो। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँबाट हालसम्म २५२ विदेशी र तीन हजार ३४४ नेपाली गरी तीन हजार ५९६ जनाको हवाई उद्धार गरिएको छ। प्राधिकरणले सडकमार्गबाट आवतजावत गर्न सकिने क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ। धादिङबेँसी–परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेस्टुरेन्ट) भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा रहेको छ। त्यस्तै, रसुवा जोड्ने विदुर–ढिकुरे–चौघडा–आँप्र–नर्जा–लच्याङ–सरमर्थाले–पाटीखर्क–बोगटीटार हुँदै कालिकास्थान–धुन्चे सडक पनि चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले उपलब्ध हवाई साधनलाई अत्यावश्यक खोज तथा उद्धार र राहत सामग्री ढुवानीमा प्रभावकारी रूपमा प्रयोग गर्न सहयोग गरिदिन सम्बन्धित सबैलाई आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनामा उद्धार टोली पुग्न सकेन, ९३ जना अझै बेपत्ता

अत्यावश्यकबाहेक हेलिकप्टर उद्धार नमाग्न प्राधिकरणको आग्रह

सम्बन्धित

रसुवागढी आयोजनामा उद्धार टोली पुग्न सकेन, ९३ जना अझै बेपत्ता

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, तीन शव फेला

रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमा लेदो र पानी भरिँदा उद्धार प्रभावित

त्रिशूली बाढीमा सुरुङबाट ज्यान जोगाएर निस्किएका कामदारको कहालीलाग्दो कथा

आफन्तको खोजीमा विदेशबाट नेपाल आउँदैछन् परिवार, ५९१ पर्यटक अझै सम्पर्कविहीन

रसुवा बाढीपछि हिल्सा नाकाबाट फर्किए १४९ भारतीय पर्यटक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu