ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाली संरक्षण गर्न रुख काट्ने अभियान


एबीसी / संवाददाता
८ बैशाख २०७९, बिहिबार   २ : १५   बजे

काठमाडौं, ८ वैशाख । बागलुङको काठेखोला गाउँपालिकाको वडा नं ५ मा अन्नबाली र फलफूलखेती विस्तार गर्न रुख काट्ने अभियान सुरु गरिएको छ । गाउँपालिकाले डेढ वर्षअघि गरेको निर्णयानुसार खेतीपातीलाई असर पर्ने रुख कटान गर्न थालिएको हो । सुन्तला लगायतका बालीमा असरपर्ने १० मिटर वरिपरिका रुख काट्न थालिएको वडा नं ५ का अध्यक्ष शिवप्रसाद कँडेलले बताउनुभयो । रुख काटेपछि अन्नबालीको उत्पादन बढाउन सकिने स्थानीयवासी टीकाराम सापकोटाले बताउनुभयो । उहाँको बारीमा उम्रेका अनुत्पादक रुख काटेर अहिले धान, गहुँ र मकै लगाउने गरिएको छ । यहाँका किसानले बारीमा अदुवा र बेसार जातको खेतीसमेत गरेका छन् ।

यसअघि वडा नं ६ मा अनुत्पादक रुख काटेर सुन्तलाका बिरुवा हुर्काउने चलन सुरु भएको थियो । यो अभियानबाट किसानले बढी फाइदा लिन थालेपछि वडा नं ५ को माथिल्लो बिहुँमा पनि अभियानकै रुपमा रुख काट्न थालिएको हो । “काठ बन्ने ठूला प्रकारका रुख काटेका छैनौँ”, वडाध्यक्ष कँडेलले भन्नुभयो, “अन्नबाली र फलफूलबाट बढी फाइदा लिन सकिने स्थानका रुख मात्रै काटेका हौँ ।” यसरी रुख काट्दा बस्तीमा बाँदरको समस्या पनि कम हुने किसानले बताएका छन् ।जिल्लाका अन्य पालिकामा पनि फलफूल र तरकारीसमेत लगाउने बारीमा रुख काट्ने अभियान चलेपछि गाउँ रमाइला देखिन थालेका छन् । बागलुङ–६ को सिम गाउँमा पनि यस्तै अभियान चलेको छ । पहिला सदरमुकामबाट जङ्गल मात्रै देखिने यो गाउँका रुख काटेपछि उघारो देखिन्छ । सिमका किसानले पनि रुख काटेपछि बारीमा व्यावसायिक रुपमा तरकारीखेती लगाउन थालेका छन् ।

मध्यपहाडी लोकमार्गको छेवैमा रहेकाले बिहुँमा भने यातायातमा पनि सहज अवस्था आएको छ । घुम्तीमा विपरीत दिशाबाट आएका सवारीसमेत नदेखिने समस्या अहिले हट्न थालेको हो । वडा नं ५ को रिजालचोकदेखि घोडाबाँधेहुँदै भ्यूटावर जाने सडक खण्डमा पनि केही रुख काट्नुपर्ने अवस्था परेको स्थानीयवासीले बताएका छन् । रुख फँडानीका लागि टोल–टोलमा समिति गठन गरिएको वडा नं ५ को मिलन चोकका प्रेम श्रीषले जानकारी दिनुभयो । रुख कटानका लागि यहाँका किसानले मेसिन खरिद गरेर ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

शुल्क र गुणस्तर विवादबीच विदेशी कलेजमाथि कडाइको तयारी

ईश्वर पोखरेललाई एमालेले बनायो काठमाडौँ– ५ को उम्मेदवार

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group