ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थल नागरिकको पहुँचमा हुनुपर्छ : पर्यटनमन्त्री किराती


एबीसी / संवाददाता
१९ फाल्गुन २०७९, शुक्रबार   ६ : ०९   बजे

काठमाडौँ, १९ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थल (एयरपोर्ट) सुविधा र यात्रुमैत्री हुनुपर्ने बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलसँग सम्बन्धित अधिकारीसँगको संयुक्त बैठकलाई सम्बोधनका क्रममा उनले विमानस्थल अझै पनि नागरिकको पहुँचमा नरहनुले गम्भीर प्रश्न उब्जाएको उल्लेख गरे ।

“हामी सबै नेपालीलाई देश बनाउने हुटहुटी छ, राज्यले तोकेको परिभाषित जिम्मेवारीमा बसेर, शपथ खाएर देशको सेवा गर्ने वाचा गरेका छौँ”, पर्यटनमन्त्री किरातीले भने, “मन्त्रलयको कार्यक्षेत्रभित्र रहेको विमानस्थल देशको अनुहार हो, यो सुविधा र यात्रुमैत्री हुनुपर्छ । संसारको उदाहरणमा नेपालको विमानस्थल व्यवस्थापनको एउटा मोडल बन्नुपर्छ तर, अहिलेसम्म किन नागरिकको पहुँचमा विमानस्थल भएन यो गम्भीर प्रश्न हो ।”

अन्तर मन्त्रालयको सम्बन्ध र मातहत निकायबीचको समन्वय नहुँदा यात्रुले सास्ती बेहोर्नु परेकोतर्फ लक्षित गर्दै मन्त्री किरातीले नागरिकले सरल र सहजरूपमा सेवा पाउनेगरी सरकारी निकायले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

उनले विमानस्थललाई यात्रुमैत्री बनाउन आवश्यक पूर्वाधार, बाहिर काउन्टर, घण्टौँ लाइन बस्नुपर्ने अवस्था समाधान गर्न आग्रह गरे । विमानस्थलमा आवश्यक काउन्टर थप्न, बोर्डिङ लिने ठाउँसम्म अशक्त मानिसलाई सहयोग गर्ने व्यवस्था मिलाउन पनि उनले आग्रह गरे ।

सुरक्षाका नाममा नागरिकले अनावश्यक दुःख पाउनु हुँदैन भन्दै मन्त्री किरातीले सुरक्षा संवेदनशीलतासँगै नागरिक सेवा सहजीकरणतर्फ पनि ध्यान दिन निर्देशन दिए । उनले विमानस्थलको अध्यागमनको पटकपटक सर्भर डाउन भएर यात्रुले सास्ती बेहोर्नुपरेको समाचारले नकारात्मक प्रभाव परेको उल्लेख गरे ।

“तत्काल विमानस्थलमा देखिएको बेथिति नसुध्रिए सारा प्रमाणसहित सार्वजनिक गर्न म बाध्य हुनेछु । अब यो बेथितिको अन्त्य हुनुपर्छ, आम नागरिकको पहुँचमा विमानस्थल हुनुपर्छ, एयरपोर्ट सुन्दर हुनुपर्छ, विमानस्थलका सबै कर्मचारी सभ्य हुनुपर्छ”, उनले भने । सो अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), विमानस्थलका प्रमुख तथा गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु सहभागी हुथिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Receives Over $40 Million in Disaster Relief Funding

Nepal Foreign Minister Receives Condolences From Venezuelan Counterpart

Nepal Begins Burial of Flood Victims While Preserving DNA for Identification

Nepal Prime Minister Assures Support for Flood-Affected Communities

Nepal and China Discuss Flood Response After Rasuwa-Gyirong Port Area Devastation

Haitian Gangs Release Kidnapped Captives Following Deadly Attack in Kenscoff

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu