ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संवैधानिक कानुन प्रयोग गरी स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने


admin
१४ माघ २०७४, आइतबार   ८ : २३   बजे

काठमाडौँ, १४ माघ । संविधानले दिएको अधिकार प्रयोग गरेर स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा सहभागीले जोड दिएका छन् ।

नेपाल नगरपालिका संघले आज यहाँ आयोजना गरेको प्रदेश नं ३ बाट निर्वाचित नगर प्रमुख र उपप्रमुखको भेलामा उहाँहरुले संविधानले दिएको अधिकार प्रयोग गरी स्थानीय तहलाई सम्पन्न स्थानीय सरकार बनाउनुपर्नेमा जोड दिनुभयो ।

तत्कालीन स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले संविधानले दिएको अधिकार प्रयोग गरी स्थानीय सरकार बलियो हुनुपर्ने बताउनुभयो । उहाँले संविधानमा रहेको व्यवस्थालाई अंगालेर राम्रो नीति निर्माण गरेर स्थानीय अधिकार उपभोग गर्नुपर्ने धारणा राख्नुभयो । “स्थानीय तहले आफै नीति निर्माण गरी कार्यान्वयन गर्ने हो”–उहाँले भन्नुभयो, “तर त्यही नीति निर्माणमा चुक्यौँ भने स्थानीय सरकार बलियो हुँदैन ।”

पौडेलले जनप्रतिनिधि उद्घाटन, गोष्ठी, भ्रमण, कर्मचारी सरुवामा अल्झिनुभन्दा पनि नीति निर्माण र नीति कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा संविधानविद् डा विपिन अधिकारीले स्थानीय तहलाई पनि संघ र प्रदेशमा जस्तै व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको अधिकार रहेको भन्दै संविधानले दिएको अधिकारलाई उपयोग गर्न स्थानीय तहले ढिला गर्न नहुने बताउनुभयो ।

“संविधानले दिएको अधिकार ढिला गर्ने हो भने स्थानीय तहको अधिकार कुनै न कुनै नाममा केन्द्र वा प्रदेशबाट मिचिन थाल्छ”–उहाँले भन्नुभयो, “त्यसैले संविधानले दिएको अधिकार प्रयोग गर्न पछि पर्न हुदैन ।”

कार्यक्रममा ‘संघीयतामा स्थानीय सरकारः संविधानको कार्यन्वयन र अधिकार’ विषयको कार्यपत्र प्रस्तुत गर्दै कृष्णप्रसाद सापकोटाले संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाए पनि कार्यान्वयनमा सरकार गम्भीर नभएको आरोप लगाउनुभयो । उहाँले संविधानले स्थानीय तहका अधिकार उल्लेख गरेपनि अहिलेसम्म उपभोग गर्न नपाएको बताउनुभयो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन नगर्दा बजेट बाँडफाँडमा अर्थ मन्त्रालय हाबी भएको पनि उहाँको भनाइ रहेको थियो । कार्यक्रममा नुवाकोटका बेलकोट नगरपालिकाका प्रमुख राजेन्द्ररोमन खनालले संविधानले स्थानीय तहको अधिकार दिएपनि उपभोग गर्न नपाएको गुनासो गर्नुभयो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका उपप्रमुख सुशीला पाख्रिनले संविधानमा भएका अधिकार उपयोग गर्नका लागि कानुनी अड्चन भएको बताउनुभयो । भेलामा प्रदेश नंं ३ का करिब ५० जनप्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group