ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही


एबीसी न्यूज
९ असार २०८३, मंगलबार   ८ : ४८   बजे

काठमाडौं, ९ असार । भारतको बिहार राज्यस्थित बेगुसरायमा एक २८ वर्षीया महिलामाथि भएको विभत्स सामूहिक बलात्कारको घटनाले पुनः देशव्यापी आक्रोश निम्त्याएको छ।

यो घटनालाई बर्बरताका हिसाबले सन् २०१२ को चर्चित दिल्ली सामूहिक बलात्कार (निर्भया काण्ड) सँग तुलना गरिएको छ।गत जुन ११ को राति चार सन्तानकी आमा ‘सोमा’ (परिवर्तित नाम) लाई उनको आफ्नै घरबाहिरको शौचालयबाट पाँच जनाको समूहले नियन्त्रणमा लिएर बाँधी, ब्लेडले प्रहार गरी सामूहिक बलात्कार गरेका थिए। उनीहरूले पीडितको संवेदनशील अङ्गमा खाली गोलीको खोका लगायतका वस्तुहरू हालेर अमानवीय यातना दिएका थिए।

घटनालगत्तै अचेत अवस्थाकी श्रीमतीलाई उनका पतिले प्रहरी चौकी लैजाँदा सुरुमा प्रहरीले उजुरी लिन अस्वीकार गरेको थियो।लापरबाही र असंवेदनशीलता देखाएको आरोपमा स्थानीय प्रहरी चौकी प्रमुख राजीव कुमारलाई पछि निलम्बन गरियो र जुन १३ मा मात्र आधिकारिक उजुरी दर्ता भयो।अस्पतालले पीडितलाई पेट दुखाइको उपचार मात्र गरेर घर पठाएको थियो। पछि पुनः बेहोस भएपछि स्थानीय सुँडिनी को चेतावनी पछि मात्र उनको शरीरभित्र वस्तुहरू रहेको पत्ता लाग्यो। जुन १८ मा डाक्टरहरूले उनको शरीरबाट गोलीको खोका र अन्य वस्तुहरू शल्यक्रिया गरी निकालेका थिए।बेगुसरायका प्रहरी उपरीक्षक मनीषका अनुसार स्वास्थ्य परीक्षणबाट बलात्कार पुष्टि भएको छ। यस घटनामा संलग्न पाँच आरोपितमध्ये तीन जनाको पहिचान खुलेको छ र तीमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्यको खोजी जारी छ।

भारतमा सन् २०१२ को घटनापछि बलात्कार विरुद्ध कडा कानुन र मृत्युदण्डको सजाय व्यवस्था गरिए पनि वार्षिक ३० हजारभन्दा बढी बलात्कारका मुद्दा दर्ता हुने गरेका छन्।

अभियन्ताहरूका अनुसार ग्रामीण क्षेत्रमा प्रहरी र स्वास्थ्य प्रशासनको असंवेदनशील व्यवहारका कारण धेरै घटनाहरू बाहिर आउन पाउँदैनन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कर्मचारीको विदेश भ्रमण बढ्दो, एक वर्षमा १४८ देश पुगे १३ हजार ५३१ जना

जय नेपाल पार्टीको मुख्य प्रतिस्पर्धी घण्टी : धवल शम्शेर

सम्बन्धित

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu