ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा भत्ता वितरण


एबीसी न्यूज
१७ बैशाख २०८०, आइतबार   १ : ३३   बजे

काठमाडौं, १७ बैशाख । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका एक पूर्ववडाअध्यक्ष र वडा सचिवले नेपाली नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा वितरण गरेको रहस्य खुलेको छ ।

सम्सी गाउँपालिका–२ पर्सादेवाडका विसं २०७४ मा निर्वाचित वडाध्यक्ष मोहम्म्द मकसुद र तत्कालीन वडासचिव मनोहर मण्डलले नेपाली नागरिकताको प्रमाणपत्रमा केरमेट गरी २२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको तथ्य बाहिर आएको छ ।

उनीहरूको मिलेमतोमा सरकारी कागज र छाप किर्ते गरी एउटै व्यक्तिको नाममा दुईवटा नागरिकता नम्बर प्रचलनमा ल्याएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ ।

साथै एउटै व्यक्तिको नागरिकता नम्बरलाई केरमेट गरी फरकफरक नाम र जन्ममिति राखी सामाजिक सुरक्षा भत्ता खाने उमेर बढाएको पनि पाइएको छ । उनीहरुले वितरण गरेको सामाजिक सुरक्षा भत्ताबारे छानविन गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी गरिएपछि सो कुरा बाहिरिएको हो ।

वडा सचिव मण्डल र वडाध्यक्ष आलमको जालसाजीका कारण अकिला खातुनले रु४४ हजार, असगरी खातुनले रु ९६ हजार, असरुल सोखिनले रु ४४ हजार, इसराईल शेषले रु ३२ हजार, तारा खातुनले रु ४४ हजार, नजिरा खातुनले रु ९६ हजार, विल्टुन खातुनले रु २४ हजार, माझी नदाफले रु ९६ हजार, मैनदिन शेषले रु ४४ हजार, मोजिबुल मोमिनले रु ४४ हजार, रहिमा खातुनले रु ९२ हजार, वरिदा खातुनले रु ९६ हजार, समुदा खातुनले रु ७२ हजार, शेष लाल बाबुले रु ९६ हजार, जरिना खातुनले रु एक लाख २८ हजार, डुमैरा खातुनले रु ८७ हजार, शेष सदिकले रु ४८ हजार, हासिम मोमिनले रु ९६ हजार, हसिना सोखिनले रु ९९ हजार नौ सय, शेख सफी अहमदले रु ९६ हजार, समिना खातुनले रु ८४ हजार शैरा खातुनले रु ९६ हजार बुझेकाले उनीहरुबाट पनि उक्त रकम असुल गरिने वडा कार्यालयले जनाएको छ ।

तत्कालीन वडा सचिव मण्डल र वडाध्यक्ष आलममाथि कारबाहीका साथै उनीहरूबाट बिगो स्वरूप रु १६ लाख १४ हजार नौ सय असुल गर्नु पर्ने देखिएकाले कारबाहीका लागि पत्राचार भइरहेको वर्तमान वडाअध्यक्ष शेष अञ्जारेले जानकारी दिनुभयो तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रले उजुरीमाथि छानविनका लागि न्यायिक समितिमा पठाइएको र समितिको प्रतिवेदनअनुसार व्यक्तिमाथि असुल गरिनेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group