ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि कलेज संचालन गर्न स्थानीय तहको बजेट


admin
२ श्रावण २०७४, सोमबार   ९ : ४६   बजे

नुवाकोट, २ साउन । आइतबारदेखि सुरु भएको नयाँ आर्थिक वर्ष २०७४÷७५ का लागि नुवाकोटका सबै स्थानीय तहले प्रस्तावित बजेट, नीति तथा कार्यक्रम स्थानीय तहमा गठित नगर÷गाँउ सभामार्फत पारित गर्दै कार्यान्वयनमा ल्याएका छन् ।

सरकारले असार २५ गते नै सबै स्थानीय तहलाई एकैसाथ बजेट सार्वजनिक गर्न निर्देशन दिए पनि तयारी नपुगेको भन्दै केही दिन ढिलाइ गरी ल्याएको बजेट, नीति तथा कार्यक्रम नयाँ आव सुरु भएसँगै सबै स्थानीय तहले कार्यान्वयमा ल्याएका छन् । स्थानीय तहले बजेटको नीति तथा कार्यक्रममा समावेश गरी विनियोजित गरेको बजेटमा पर्यटन प्रवद्र्धन र कृषिमा आधुनिकीकरण मुख्य रुपमा जोड दिएका छन् ।

ककनी गाउँपालिकाले रु २७ करोड ८१ लाख बजेट गाँउसभाबाट पारित गरेको छ । अध्यक्ष मानबहादुर तामाङको अनुमानितमा उपाध्यक्ष सीता खतिवडाले पेश गर्नुभएको बजेट, नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रम सञ्चालनसहित कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण, शिक्षामा गुणस्तरीता, स्वास्थ्यमा सुधारमा ध्यान दिइएको छ ।

यस्तै, शिवपुरी गाउँपालिकाले रु ३२ करोड ३१ लाख बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाको अध्यक्ष रामकृष्ण थापाले पेश गर्नुभएको बजेट, नीति तथा कार्यक्रममा ‘शिवपुरीको विकास समृद्धिको आधार, शिक्षा–कृषि–पर्यटन र पूर्वाधार’ नारासहित कृषि मोटरबाटो, कृषि पर्यटन पदमार्ग र शिवपुरी स्मारक निर्माणका लागि बजेट छुट्याइएको छ ।

यस्तै, किस्पाङ गाउँपालिकाले नयाँँ आर्थिक वर्षका लागि रु १८ करोड ९८ लाख बजेट गाउँसभाबाट पारित गर्दै कार्यान्वयनमा ल्याएको छ । गाउँसभामा गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाको बजेट, नीति तथा कार्यक्रममा किस्पाङ पर्यटकीय गुरुयोजना निर्माण, किस्पाङदेखि फिकुरीडाँडासम्म केवलकार सञ्चालनको सम्भाव्यता अध्ययन, पाँचसयखोला भेडा फार्मदेखि फुङफुङ झरना गोङ्गाभञ्याङ, सिङ्ला, गणेश हिमाल पथ मार्गको विकास गर्ने लक्ष्यसहित प्राथमिकता दिइएको छ ।

यस्तै, पञ्चकन्या गाउँपालिकाले रु. १९ करोड दुई लाख बजेट गाउँसभाबाट पारित गर्दै गाउँमा १५ श्ययाको अस्पताल निर्माण गर्न नीति अवलम्बन गरी बजेट तर्जुमा गरिएको अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिनुभयो । गाउँपालिकाको विकास कृषिको माध्यमबाट गर्न वडा नं १ चौघडामा आलु, २ कविलासमा मेवा र केरा, ३ पञ्चकन्यामा अदुवा, ४ थप्रेकमा अलैँची र ५ भदुटारमा सुन्तलाको पकेट क्षेत्र स्थापना गर्ने नीति अवलम्बन गरी बजेट छुट्याइएको छ ।

यस्तै, सूर्यगढी गाउँपालिकाले रु. १९ करोड ३६ लाख बजेट तर्जुमा गर्दै सडक विस्तारलाई प्राथमिकता दिएको गाउँपालिकाको अध्यक्ष सन्तबहादुर घले तामाङले पेश गर्नुभएको बजेट–नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सूर्यगढी गापाले प्रत्येक वडा कार्यालयमा इन्टरनेट सुविधा जडान गरी सामाजिक सुरक्षा भत्ता अद्यावधिक गर्दै बैंङ्किङ प्रणालीमार्फत प्रवाह गर्ने नीति अवलम्बन गरेको छ ।

यस्तै, तादी गाउँपालिकाले रु २१ करोड ५२ लाखको बजेट नीति तथा कार्यक्रम पहिलो गाउँसभामार्फत सर्वसम्मत पारित गरेको छ । गाउँपालिकाको अध्यक्ष नारायणप्रसाद पाण्डेले पेश गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्र रु. एक लाखभन्दा बढी लगानी हुने योजना गापाले नै नेतृत्व लिएर सञ्चालन गर्ने नीति अवलम्बन गरेको छ ।

यस्तै, लिखु गाउँपालिकाको पहिलो गाउँसभाले रु. १९ करोड ४२ लाख बजेट पारित गर्दैैै कार्यान्वयनमा ल्याएको छ । अध्यक्ष धुव्र श्रेष्ठले पेश गरेको बजेट, नीति तथा कार्यक्रममा गाउँपालिकाले कृषि प्राविधिक कलेज स्थापना गर्न रु. २० लाख बजेट छुट्याएको छ भने सबै बस्तीमा बाह्रै महिना चल्ने सडक निर्माण गर्ने नीति अवलम्बन गरेको छ । नुवाकोटका १२ वटा स्थानीय तहमध्ये विदुर नगरपालिका, बेलकोटगढी नपा, तार्केश्वर गापा र दुप्चेश्वर गापाको नगर तथा गाउँसभामार्फत बजेट, नीति तथा कार्यक्रम पारित गर्दै कार्यान्वयनतर्फ लागेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

China Outlines Plans for Next-Generation Networks, Addresses Business Payments

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

China Disputes US Claim of Wrongful Detention of Myanmar Analyst

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu