ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध प्रदेश बन्न सक्ने सम्भावना कति ?


admin
१९ माघ २०७४, शुक्रबार   ६ : ५२   बजे

बुटवल, १९ माघ । प्रदेशसभाको बैठक आउन २ दिन मात्र बांकी रहंदा पनि सरकारले खटाएका कर्मचारीहरु कार्यस्थल नपुगेपछि सहजिकरणका लागि बुटवल पुगेका संसद सचिवालयका अधिकारीहरु आफै बैठक संचालनका लागि जुटेकाछन् । प्रदेश संसद सचिवालय संचालनका लागि एक जना प्रथम श्रेणीका अधिकृत सहित २७ जना कर्मचारीको बिन्यास गरिएको छ तर, सबै कर्मचारीहरु कार्यस्थलमा पुगेका छैनन ।

तैपनि माघ २१ गते प्रदेश अधिवेशनको बैठक त बस्ने नै छ । यो बैठकबाट जनताले धेरै अपेक्षा गरेका छन् । २० औ वर्षसम्म जनप्रतिनिधि सहितको ब्यवस्थापिका नभएको र प्रदेश स्तरमै पहिलो पटक प्रदेश ब्यवस्थापिका पाएका जनताले धरै अपेक्षा गर्नुलाई अस्वभाविक मान्न सकिंदैन ।

५ नम्बर प्रदेश आफैमा बिबिधता भएको प्रदेश हो । गौतमबुद्धको जन्मस्थलदेखि जनयुद्धको उदगम स्थल रोल्पासम्म । देश पाल्ने खुबिराख्ने अन्नको भण्डार बर्दियादेखि महाभारत कथाको त्रिबेणी गजेन्द्र मोक्षधाम जस्ता तिर्थस्थलले ओतप्रोत प्रदेश नम्बर ५ को बिकासको खाका योजनाबद्ध ढंगले कोर्न सके यो प्रदेश सबै क्षेत्रमा समृद्ध बन्न सक्ने खुबि राख्छ ।

सिमा भन्सार नाकाका हिसावले पनि नेपालकै नम्बर १ बन्ने क्रममा रहेको बेलहिया नाका होस् वा चुनढुंगाको खानीका हिसावले प्रदेश नम्बर ५ यसैपनि समृद्ध रहेको छ । संघीय संरचना निर्माण भएसंगै प्रदेश नम्बर ५का जनताले पनि समृद्ध प्रदेशको अपेक्षा राख्नुलाई स्वाभाबिक मान्नु पर्दछ । दरिलो नीति बनाएर अगाडि बढ्न सके ५ नम्बर प्रदेशको दु्रत बिकास सम्भव भएको बिश्वास छ बाम बुद्धिजिवी झपेन्द्र जीसीको ।

त्यसो त अहिले पनि बुटवलबाट दाङ प्रदेश केन्द्र लैजानु पर्छ भन्ने बहसको अन्त्य भै सकेको छैन । प्रदेशसभाको बैठक केहिसमय यसै बिषयले अल्झने संभावनालाई पनि नकार्न सकिंदैन । वेटिङ मुख्यमन्त्री शंकर पोखरेलदेखि माओबादी केन्द्रका प्रभावशाली नेता कृष्ण बहादुर महरा र वर्षमान पुनले दाङको पक्षमा लबिङ गरि नै रहेका कारण पनि प्रदेशसभा प्रदेश केन्द्रका बिषयमा अल्झने सम्भावना रहेको हो । जनताको धरै अपेक्षा भएका कारण प्रदेशसभा झिनामसिना कुरामा अल्झन नहुने तर्क छ प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष बुद्धिजिवी मदनप्रसाद कट्टेलको ।

जनताको बलिदान र लामो संघर्षबाट प्राप्त संघिय संरचनाको संसदलाई पुरानै ढांचामा गफ गर्ने अंखडा बनाईए जनताले नेताहरुलाई माफी दिने छैनन् । जसरी बाम एकताको पक्ष र समृद्धिको समर्थन सहितको अपेक्षाबाट प्रदेशसभा र प्रतिनिधि सभाको नतिजा आएको छ, त्यसमा कुठाराघात गर्ने अधिकार कसैलाई छैन भन्ने कुरा प्रदेशका सांसदहरुले पनि बुझनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकियो: मतपत्रमा हस्ताक्षर नभएको विवाद

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu