ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

​डिभिजन टूमा नेपाल सामु चुनौति थपियो, केन्यालाई जित्नैपर्ने दवावमा नेपाल


एबीसी न्यूज
२९ माघ २०७४, सोमबार   १० : २४   बजे

माघ २९ – विश्व क्रिकेट लिग डिभिजन–टूमा आज नेपाल र केन्या विच खेल हुदैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजेपछि नामिबियामा सुरु हुनेछ । प्रतियोगितामा अहिलेसम्म खेलेका ३ मध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

अहिलेसम्म खेलेका दुवै खेल हारेको केन्या अंक तालिकाको अन्तिमा रहको छ । केन्या पहिलो खेलमा यूएइसँग २ सय १८ रनले पराजित भएको थियो । आइतबार यूएईलाई ४ विकेटले हराउँदै नेपालले प्रतियोगिताको शिर्ष २ मा रहने सम्भावना कायमै राखेको छ । शिर्ष २ मा पर्ने टिमले एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछन् ।

हेड टू हेडमा नेपालभन्दा केन्या बलियो देखिन्छ । नेपाल र केन्याले अहिलेसम्म ५ खेल खेलेकोमा नेपाल एक खेलमा मात्र विजयी भएको छ ।
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत गएको वर्षको मार्चमा कीर्तिपुरमा भएका २ खेलमध्ये नेपालले एक खेल जितेको थियो ।

केन्याले दिएको १ सय ५५ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर भेट्टाएको थियो । नेपाललाई जिताउन ज्ञानेन्द्र मल्लले ६८ र दिपेन्द्र सिंह ऐरीले ६२ रन बनाएका थिए । जारी प्रतियोगितामा ज्ञानेन्द्र र दिपेन्द्र दुवैले राम्रो ब्याटिङ गर्न सकेका छैनन् । त्यसयता नेपाल र केन्याबीच खेल भएको छैन ।

केन्या सन् १९८१ देखि आइसीसीको एशोसिएट देशका रुपमा छ । सन् १९९६ मा एकदिवसीय र २००७ मा अन्तराष्ट्रिय ट्वेण्टी ट्वेण्टी क्रिकेट खेलेको केन्याले सन् २०१४ मा एकदिवसीय र र ट्वेण्टी ट्वेण्टी मान्यता गुमाएको हो ।

केन्याले सन् २००३ मा विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेर सनसनी मच्चाएको थियो । केन्या सेमिफाइनलमा भारतसँग हारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group