ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)


एबीसी न्यूज
१० असार २०८३, बुधबार   ९ : ५१   बजे

काठमाडौं, १० असार । नेपाली फुटबलका पूर्वकप्तान तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वउपाध्यक्ष, राष्ट्रिय गोलकिपर प्रशिक्षक उपेन्द्रमान सिंहले फिफा विश्वकप–२०२६ ले विश्व फुटबलको नयाँ दिशा देखाइरहेको बताउँदै नेपाली फुटबलले पनि त्यसबाट पाठ सिक्नुपर्ने बताउनुभएको छ।

एबीसी स्पोर्ट्स टकमा कविराज बिसीसँगको कुराकानीमा सिंहले विश्वकप केवल प्रतियोगिता नभई नयाँ प्रतिभा जन्माउने र आधुनिक फुटबलका प्रवृत्ति बुझ्ने महत्वपूर्ण अवसर भएको धारणा राख्नुभयो।

उहाँले Lionel Messi र Cristiano Ronaldoले उमेरले खेलाडीको क्षमता निर्धारण नगर्ने सन्देश दिएको उल्लेख गर्नुभयो। फिटनेस र निरन्तर मेहनतका कारण उनीहरू लामो समयसम्म उच्च स्तरमा खेल्न सफल भएको उहाँको भनाइ छ।

विश्व फुटबलमा प्रविधिको प्रयोग, भिडियो सहायक रेफ्री (VAR) प्रणाली र नयाँ नियमले खेललाई थप निष्पक्ष, आकर्षक र आधुनिक बनाएको उहाँले बताउनुभयो। फुटबललाई समयानुकूल बनाउन फिफाले निरन्तर नियम परिमार्जन गर्दै आएको पनि सिंहले उल्लेख गर्नुभयो।

युवा खेलाडी उत्पादनका सन्दर्भमा उहाँले विश्वकप उत्कृष्ट मञ्च भएको बताउँदै स्पेन, फ्रान्सलगायत राष्ट्रले दीर्घकालीन योजना बनाएर युवा प्रतिभा विकास गरिरहेको उदाहरण प्रस्तुत गर्नुभयो। नेपालमा पनि ग्रासरुट फुटबललाई प्राथमिकता दिन आवश्यक रहेको उहाँको भनाइ थियो।

नेपाली फुटबलको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै सिंहले नियमित लिग, उमेर समूहका प्रतियोगिता र अन्तर्राष्ट्रिय स्तरका खेलहरूको अभावले फुटबलको लोकप्रियता घट्दै गएको बताउनुभयो। उहाँले एक समय दक्षिण एसियामा नेपालको प्रभावशाली उपस्थिति रहे पनि पछिल्ला वर्षमा फुटबल गतिविधि कमजोर बनेको धारणा राख्नुभयो।

रंगशाला पूर्वाधार, प्रतियोगिताको निरन्तरता र नेतृत्वको स्पष्ट दृष्टिकोण अभाव नेपाली फुटबलका मुख्य चुनौती भएको उहाँले औँल्याउनुभयो। साथै, अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र देखिएको विवाद र राजनीतिक हस्तक्षेपले नेपाली फुटबललाई थप संकटतर्फ धकेल्न सक्ने चेतावनी पनि दिनुभयो।

उहाँले फुटबल विकासका लागि दीर्घकालीन योजना, नियमित प्रतियोगिता, युवा विकास कार्यक्रम र सक्षम नेतृत्व आवश्यक रहेकोमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu